काठमाडौं- बिहीबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। बुधबारको तुलनामा सुनको मूल्य तोलामा १ हजार र चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको हो।
बुधबार छापावाल सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढेको हो। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।