शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतिनिधिसभातर्फ ६८ सिटको नतिजा आउँदा कहाँ कसले जिते?

बिहीबार , मंसिर ८ २०७९
प्रतिनिधिसभातर्फ ६८ सिटको नतिजा आउँदा कहाँ कसले जिते?

काठमाडौं- प्रतिनिधिसभाका लागि गएको ४ गते भएको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ। केही स्थानमा मतगणना नै सुरु हुन नसक्दा बिहीबार बिहान साढे १० बजेसम्म ६८ सिटको भने परिणाम आइसकेको छ। निर्वाचन आयोगले तीन दिनमा प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गरिसक्ने भने पनि अझै ९७ सिटको नतिजा आउन बाँकी छ । 

अहिलेसम्मको परिणाम अनुसार नेपाली कांग्रेसले २५ सिट जितेको छ। नेकपा एमालेले १५ सिट जितेको छ। नेकपा माओवादी केन्द्रले ७ सिट जितेको छ। नेकपा एकीकृत समाजवादीले ६ स्थानमा जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ५ सिट जितेको छ। 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २, जसपाले १, राष्ट्रिय जनमोर्चाले १, लोकतान्त्रिक समाजवादीले १, नेपाल मजदुर किसान पार्टीले १, जनमत पार्टीले १ र नागरिक उन्मुक्ति पार्टीले १ सिट जितेका छन्। बर्दियाबाट एक स्वतन्त्र उम्मेदवारले जितेका छन्।

कुन पार्टीबाट कहाँ कसले जिते?

नेपाली कांग्रेस

१) मुस्ताङ- योगेश शेरचन

२) मनाङ- टेकबहादुर गुरुङ

३) काठमाडौं १ - प्रकाशमान सिंह

४) काठमाडौं ३ - सन्तोष चालिसे

५) काठमाडौं ४- गगनकुमार थापा

६) काठमाडौं ५ - प्रदीप पौडेल

७) रसुवा- मोहन आचार्य

८) ललितपुर १- उदयसमशेर जबरा

९) तनहुँ २ - शंकर भण्डारी

१०) डडेलधुरा- शेरबहादुर देउवा

११) काठमाडौं १० - राजेन्द्र कुमार केसी

१२) पर्सा ४ - रमेशकुमार रिजाल

१३) सुर्खेत २ - हृदयराम थानी

१४) ओखलढुंगा- रामहरि खतिवडा

१५) झापा १- विश्वप्रकाश शर्मा

१६) पर्सा १- अजयकुमार चौरसिया

१७) गोरखा १- राजेन्द्र बजगाई

१८) म्याग्दी- खमबहादुर गर्बुजा

१९) अछाम २ - पुष्पबहादुर शाह

२०) कैलाली ४ - बीरबहादुर बलायर

२१) दार्चुला - दिलेन्द्र प्रसाद बडू

२२) कञ्चनपुर ३ - रमेश लेखक

२३) भक्तपुर २- दुर्लभ थापा क्षेत्री

२४) दैलेख २- दिक्पाल कुमार शाही

२५) कञ्चनपुर २ - एनपी साउद

नेकपा एमाले

१) उदयपुर २ - अम्बरबहादुर रायमाझी

२) काठमाडौं ९- कृष्णगोपाल श्रेष्ठ

३) ललितपुर २- प्रेमबहादुर महर्जन

४) गुल्मी २ - गोकर्ण विष्ट

५‍‍) झापा २- देवराज घिमिरे

६) झापा ५- केपी शर्मा ओली

७) ताप्लेजुङ- योगेश भट्टराई

८) पर्सा ३ - राजकुमार गुप्ता

९) अर्घाखाँची- टोपबहादुर रायमाझी

१०) प्युठान- सूर्य थापा

११) मकवानपुर २- महेश कुमार बर्तौला

१२) कास्की २- विद्या भट्टराई

१३) पर्वत - पदम गिरी

१४) लमजुङ - पृथ्वी सुब्बा गुरुङ

१५) रुपन्देही ५ - बासुदेव घिमिरे

नेकपा माओवादी केन्द्र

१) सिन्धुली २- लेखनाथ दाहाल

२) सिन्धुपाल्चोक १ - माधव सापकोटा

३) बाग्लुङ २ - देवेन्द्र पौडेल

४) रोल्पा - वर्षमान पुन

५) रुकुम पूर्व १ - पूर्णबहादुर घर्तीमगर

६) जाजरकोट - शक्तिबहादुर बस्नेत

७) गोरखा २ - पुष्पकमल दाहाल

नेकपा एकीकृत समाजवादी

१) अछाम १ - शेरबहादुर कुँवर

२ ) बारा ४- कृष्णकुमार श्रेष्ठ

३) दैलेख १ - अमरबहादुर थापा

४) सल्यान - प्रकाश ज्वाला

५) डोटी- प्रेमबहादुर आले

६) बझाङ- भानुभक्त जोशी

राष्ट्रिय स्वतन्त्र पार्टी

१) काठमाडौं ७ - गणेश पराजुली

२) काठमाडौं ८- विराजभक्त श्रेष्ठ

३) काठमाडौं २- सोबिता गौतम

४) काठमाडौं ६ - शिशिर खनाल

५) ललितपुर ३ - तोसिमा कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टी

१) बाँके २ - धवलसमशेर जबरा

२) जुम्ला - ज्ञानबहादुर शाही

जनता समाजवादी पार्टी

१) पर्सा १ - प्रदीप यादव

लोकतान्त्रिक समाजवादी पार्टी

१) रुपन्देही ४ - सर्वेन्द्रनाथ शुक्ला

नागरिक उन्मुक्ति पार्टी

१) कैलाली १- गंगाराम चौधरी

जनमत पार्टी

१) सप्तरी २- सिके राउत

राष्ट्रिय जनमोर्चा

बाग्लुङ १ - चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी

भक्तपुर १- प्रेम सुवाल

स्वतन्त्र

१) बर्दिया २- लालवीर चौधरी


प्रकाशित : बिहीबार , मंसिर ८ २०७९०४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend