शुक्रबार, माघ २५ गते २०८१    
शुक्रबार, माघ २५ २०८१
images
images

बागलुङ-१ मा ८० वर्षका जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी विजयी

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर ७ २०७९
images
images
बागलुङ-१ मा ८० वर्षका जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी विजयी

केसीको यो चौथो पटकको संसद यात्रा हो। उमेरले ८० वर्ष पुगेका केसीको राजनीतिक जीवनमा धेरै उतारचढाव रहेको छ।

images
images

बागलुङ- बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन्। लोकतान्त्रिक वाम गठबन्धका साझा उम्मेदवार केसी दुई हजार ६ सय २६ मतले नेकपा एमालेका सूर्य पाठकलाई पराजित गरेका हुन्।  

images
images
images

केसीले ५४ हजार सात सय ११ मतमध्ये २१ हजार चार सय ५१ मत प्राप्त गरेर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिए। एमालेका पाठकले १८ हजार आठ सय २५ र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ हजार एक सय ८१ मत प्राप्त गरेका छन्। 
 
उमेरले ८० वर्ष पुगेका केसीको राजनीतिक जीवनमा धेरै उतारचढाव रहेको छ। विसं २०५६ र २०६४ को चुनावमा प्रत्यक्ष निर्वाचित भएका केसी २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका थिए। केसीको यो चौथो पटकको संसद यात्रा हो।

images
images

विसं २०५१ सालको आम निर्वाचनमा केसी बागलुङ क्षेत्र नं २ बाट प्रतिनिधिसभाको सदस्यको उमेदवार भए पनि उनी पराजित भए। त्यसपछि २०५६ सालको संसदीय निर्वाचनमा उनी यही क्षेत्रबाट संसद चुनिए। तत्कालीन समयमा उनले नेपाली कांग्रेसका गोपाल सापकोटालाई पराजित गरेका थिए। विसं २०६४ को संविधानसभा सदस्यमा केसीले नेपाली कांग्रेसका मणिभद्र शर्मा कँडेललाई पराजित गरेर निर्वाचित भएका थिए। केसीले २०७४ सालमा भने चुनाव लडेनन्। 

images
images
images

केसी २०७२ साल कात्तिक १९ मा ७५ वर्षको उमेरमा उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारण मन्त्री बनेका थिए। राजनीतिक भाषण तथा अन्तर्वार्तामा उखान टुक्का मिसाएर बोल्ने उनको शैली मन पराउनेको सङ्ख्या धेरै छ। केसीले राजनीतिक यात्रामा १९ वर्ष भूमिगत जीवन बिताएका छन्। उनले ९ महिना जेल जीवन बिताएका थिए। रासस


प्रकाशित : बुधबार, मंसिर ७ २०७९१२:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend