बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

कांग्रेसबाट उम्मेद्‍वार बनेका केही व्यवसायी हार्ने निश्चित हुँदा अधिकांश निर्वाचित हुँदै, कसको अवस्था कस्तो?

images
बुधबार, मंसिर ७ २०७९
images
कांग्रेसबाट उम्मेद्‍वार बनेका केही व्यवसायी हार्ने निश्चित हुँदा अधिकांश निर्वाचित हुँदै, कसको अवस्था कस्तो?
images
images

काठमाडौं- मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भइरहेका छन्। नेपाली कांग्रेसबाट उम्मेद्‍वार बनेका व्यवसायिक क्षेत्रमा चिनिएका अधिकांश व्यवसायीहरू निर्वाचित हुँदैछन्। नेपाली कांग्रेसबाट उम्मेद्‍वार बनेका चितवन क्षेत्र नम्बर २ का उमेश श्रेष्ठ भने राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेसँग पराजित हुने निश्चित देखिएको छ। 

images
images
images

यता प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत नवलपरासी पश्चिम क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेद्‍वार बनेका अर्बपति विनोदकुमार चौधरी १३७१५ मत ल्याएर अग्रस्थानमा छन्। निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्‍वार महेन्द्र सेन (ठकुरी) १०५०४ मतका साथ दोस्रो स्थानमा छन्। चौधरी यो मतसँगै जितको नजिक पुगेको आँकलन गरिएको छ। 

images
images

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत गोरखा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेद्‍वार पर्यटन व्यवसायी राजेन्द्र बजगाईं २१६०८ मत ल्याई अग्रस्थानमा छन्। निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेद्‍वार रामशरण बस्नेत १०२३४ मतका साथ दोस्रो स्थानमा छन्। बजागाई मतातन्तरकाे अंकगणितले जित निश्चित भइसकेको छ। 

images
images

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्‍वार रवि लामिछाने १५४६७ मत ल्याई अग्रस्थानमा छन्। निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेद्‍वार कृष्णभक्त पोख्रेल ७९४२ मतका साथ दोस्रो स्थानमा छन्। यता कांग्रेसको तर्फबाट उम्मेद्‍वार बनेका व्यवसायी उमेश श्रेष्ठले ७५८२ मत सहित तेस्रो स्थान रहेका छन्। 

रसुवा क्षेत्र नम्बर १ मा निर्माण व्यवसायी व्यवसायी मोहन आचार्यले निर्वाचित भइसकेका छन्। कांग्रेस उम्मेद्‍वार आचार्यले नेकपा एमालेका छोवाङतेन्जिङ तामाङलाई हराएका हुन्। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत रसुवा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेद्‍वार मोहन आचार्य १८२३५ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेद्‍वार छोवाङतेन्जिङ तामाङलाई ९६२१ मतान्तरले पराजित गरेका हुन्। पराजित छोवाङतेन्जिङ तामाङले ८६१४ मत ल्याएका छन्।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत रामेछाप क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेद्‍वार निर्माण व्यवसायी पूर्णबहादुर तामाङ ५८८६ मत ल्याई अग्रस्थानमा छन्। निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेद्‍वार कैलाशप्रसाद ढुंगेल ४३९६ मतका साथ दोस्रो स्थानमा छन्।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेद्‍वार स्वास्थ्य व्यवसायी सुनिलकुमार शर्मा १४०३३ मत ल्याई अग्रस्थानमा छन्। निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेद्‍वार भानुभक्त ढकाल ८७४८ मतका साथ दोस्रो स्थानमा छन्।

नेपाली कांग्रेसका तर्फबाट उम्मेद्‍वार बनेका दुई व्यवसायी मुस्ताङबाट योगेश गौचन र मनाङबाट टेकबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्। गौचन र गुरुङ दुवै पर्यटन व्यवसायी हुन्। पूर्व राज्यमन्त्री समेत रहेका गुरुङ वैदेशिक रोजगारी व्यवसायी समेत हुन्। 

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत संखुवासभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेद्‍वार व्यवसायी दिपक खड्का ४१९३ मत ल्याई अग्रस्थानमा छन्। निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेद्‍वार राजेन्द्रप्रसाद गौत्तम ३४९८ मतका साथ दोस्रो स्थानमा छन्।


प्रकाशित : बुधबार, मंसिर ७ २०७९१२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend