बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

१३ क्षेत्रमा जितेको कांग्रेसको ४२ मा अग्रता 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर ७ २०७९
१३ क्षेत्रमा जितेको कांग्रेसको ४२ मा अग्रता 

पछिल्लो विवरण अनुसार कांग्रेसका उम्मेद्वारहरूले ४२ प्रतिनिधसभा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका राखेका छन्। 

काठमाडौं- आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मतगणना भइरहेको छ। 

निर्वाचन आयोगका अनुसार हालसम्म १५१ क्षेत्रको मतगणना भइरहेको छ। मतगणनाको परिणाम पनि सार्वजनिक भइरहेको छ। 

पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसले १३ क्षेत्रमा जित हात पारेको छ। 

नेपाली कांग्रेसबाट पर्सा ४ बाट रमेश रिजाल निर्वाचित भएका छन्। 

नेपाली कांग्रेसले काठमाडौंमा पाँच क्षेत्रमा हात पारेको छ। १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालसिे, ४ मा गगनकुमार थापा, ५ मा प्रदीप पौडेल र १० मा राजेन्द्रकुमार केसीले जित हात पारेका छन्। 

त्यस्तै रसुवाबाट मोहन आचार्य विजयी भएका छन् भने ललितपुर १ बाट उदयशमशेर जबराले जित हात पारेका छन्। कांग्रेस नेता शंकर भण्डारी तनहुँ २ बाट निर्वाचित भएका छन् भने मनाङबाट टेकबहादुर गुरुङ र मुस्ताङबाट योगेश गौचन थकाली विजयी भएका छन्। 

सुर्खेत २ बाट हृदयराम थानी निर्वाचित भएका छन् भने नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरबाट निर्वाचित भएका छन्। 

पछिल्लो विवरण अनुसार कांग्रेसका उम्मेद्वारहरूले ४२ प्रतिनिधसभा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका राखेका छन्। 

वर्तमान सरकारको नेतृत्व गरेको कांग्रेसले सत्ता साझेदार दलहरूसँगको गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरेको थियो। नेकपा माओवादी केन्द्र, नेकपा एस, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चासँग कांग्रेसले चुनावी गठबन्धन गरेको थियो। 


प्रकाशित : बुधबार, मंसिर ७ २०७९०८:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend