काठमाडौं- निर्वाचन आयोगले अहिलेसम्म प्रतिनिधिसभातर्फको समानुपातिकतर्फ सवा ८ लाख मत गणना गरिसकेको छ। निर्वाचन आयोगले प्रविष्ट गरेको तथ्यांकअनुसार बिहान ११ बजेसम्म ८ लाख २० हजार ९ सय ८८ सदर मत भएको जनाएको छ।
जसमा सबैभन्दा बढी नेकपा एमालले पाएको छ। एमालले २८.३ प्रतिशत मत पाएको छ। एमालले अहिलेसम्म २ लाख ३२ हजार २ सय ७७ मत पाएको छ।
यसैगरी कांग्रेसले २ लाख ९ हजार २ सय ३७ मत पाएको छ। कांग्रेसले सदर मतको २५.५ प्रतिशत मत पाएको छ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले कुल सदर मतको १३ प्रतिशत मत पाएको छ। रास्वपाले १ लाख ६ हजार ४ सय ७४ मत पाएको छ।
यसैगरी माओवादीले कुल सदर मतको ११.९ प्रतिशत अर्थात ९७ हजार ३ सय २५ मत पाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सदर मतको ६.७ प्रतिशत मत अर्थात ५४ हजार ७ सय ४६ मत पाएको छ।
अन्य कुनै पनि पार्टीले ३ प्रतिशत मत पाएका छैनन्। जसपा र जनमत पार्टीले २.१ प्रतिशत मत पाएका छन्। राष्ट्रिय पार्टी हुनका लागि प्रत्यक्षमा एक सिट जित्नुका साथै समानुपातिकमा ३ प्रतिशत मत ल्याउनु पर्छ।