शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

चुनावी परिणाम : माओवादीका पूर्वअर्थमन्त्रीको जित निश्चित हुँदा कांग्रेस र एमालेका पूर्वअर्थमन्त्री संघर्षमा

बुधबार, मंसिर ७ २०७९
चुनावी परिणाम : माओवादीका पूर्वअर्थमन्त्रीको जित निश्चित हुँदा कांग्रेस र एमालेका पूर्वअर्थमन्त्री संघर्षमा

काठमाडौं- मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणामअनुसार पूर्वअर्थमन्त्रीहरू नै जित निकाल्ने सकसमा देखिएका छन्। प्रतिनिधिसभा निर्वाचनमा होमिएका अर्थमन्त्री, पूर्वअर्थमन्त्री केहीको जित निश्चित छ भने केही हारको नजिक पुगेका छन्।  

पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीलाई एमाले उम्मेद्‍वार जगदिश प्रसाद कुसियैतले पछाडि पारिरहेका छन्। पूर्वअर्थमन्त्री कार्कीले ४ हजार ७ सय ६४ मत ल्याउँदा कुसियैतले ५ हजार ३ सय १७ मतसहित अग्रता लिएका छन्। सुनसरी ४ बाट उम्मेद्‍वार बनेका कार्कीले २०७४ मा भने जित निकालेका छन्। 

हालसम्मको मत परिणामअनुसार अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिममा सुरुवाती अग्रता लिएका छन्। उनको क्षेत्रमा मंगलबार दिउँसोबाट मात्र मतगणना सुरु भएकाले परिणाम आउन केही समय लाग्ने देखिन्छ। 

बागमती प्रदेश चितवन क्षेत्र नम्बर १ बाट उम्मेद्‍वार बनेका पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको हार निश्चित भएको छ। पूर्वअर्थमन्त्री पाण्डेले ६ हजार ४८ मत ल्याएका छन् पाण्डेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ६ हजार ३ सय ३७ मत ल्याइसकेको छन्।

लुम्बिनी प्रदेश रोल्पा क्षेत्र नम्बर १ बाट उम्मेद्‍वार बनेका पूर्वअर्थमन्त्री वर्षमान पुनले अग्रता कायम गरेका छन्। माओवादी केन्द्रका पुनले ६ हजार ७ सय ६८ मत ल्याएका छन् भने नेकपा एमालेका पूर्ण बुढामगरले २ हजार ६ सय १ मत ल्याएका छन्।

त्यस्तै एमालेबाट उम्मेद्‍वार पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल अगाडि देखिएका छन्। पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्‍वार गणेश पौडेलले पछ्याईरहेका छन्। रुपेन्देही २ बाट उम्मेद्‍वार रहेका पूर्वअर्थमन्त्री पौडेलले ८ हजार ५ सय ९४ मत ल्याउँदा अर्थ प्रतिस्प्रर्धी पौडेलले ७ हजार ८ सय ५६ मत ल्याएका छन्। अझै मतगणना जारी रहेको छ। 


प्रकाशित : बुधबार, मंसिर ७ २०७९०४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend