शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

इलाम-१ मा मतगणना सुरु हुन सकेन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर ७ २०७९
इलाम-१ मा मतगणना सुरु हुन सकेन

इलाम- इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ। कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो।

राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ। अब सर्वदलीय बैठक बसेर निर्णय गरिने बताइएको छ। सर्वदलीय बैठक केहीबेरमा सुरु हुने जनाइएको छ।

हिजो राति ८ बजेपछिबाट परिणामसमेत सार्वजनिक भएको छैन। सो मत परिणाममा पनि पूर्वप्रधानमन्त्री झलनाथ खनाल पछि परेका छन्। उनलाई एमालेका उम्मेदवार महेश बस्नेतले पछि पारेका हुन्। बस्नेतले दश हजार दुई सय ८७ मत प्राप्त गर्नुभएको छ भने खनालले आठ हजार सात ८० मत प्राप्त पाएका छन्। रासस


प्रकाशित : बुधबार, मंसिर ७ २०७९०४:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend