शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ६ २०७९
कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै

कास्की- कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिइरहेका छन्। जारी मतगणनामा सो पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद कँडेल ३ हजार ५ सय ४७ मतसहित अगाडि छन्। उनलाई नेकपा (एमाले)का विद्या भट्टराईले ३ हजार ३ सय ९८ मतसहित पछ्याएकी छिन्।

नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालले १ हजार ९ सय ७४ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले एक हजार तीन सय ४७ मत ल्याएका छन्। 
 
त्यस्तै प्रदेशसभातर्फ कास्की–२ (१)मा एमालेका भीम कार्की तीन हजार आठ सय ३४ मतसहित अगाडि छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले तीन हजार सात सय ४७ मतसहित पछ्याइरहेका छन्। सो क्षेत्रमा नेकपा (माओवादी केन्द्र)का विश्वप्रकाश लामिछानेले दुई हजार एक सय आठ र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले एक हजार दुई सय ४० मत ल्याएका छन्। रासस 


प्रकाशित : मंगलबार, मंसिर ६ २०७९०९:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend