शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

१४२ स्थानको मतगणना जारी, कांग्रेस ४३, एमाले ४० र माओवादी १४ स्थानमा अगाडि

images
मंगलबार, मंसिर ६ २०७९
images
images
१४२ स्थानको मतगणना जारी, कांग्रेस ४३, एमाले ४० र माओवादी १४ स्थानमा अगाडि

समानुपातिकतर्फको मगणनामा एमाले अगाडि छ। हालसम्म एमालेले ७६ हजार तीन सय २३, कांग्रेसले ६५ हजार सात सय ९२, राष्ट्रिय स्वतन्त्र पार्टीले ३३ हजार तीन सय ३७, माओवादी केन्द्रले २९ हजार ६ सय ५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार ४४ मत प्राप्त गरेका छन्।

images
images

काठमाडौं- आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार मंगलबार मध्याह्न १ बजेसम्म कूल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ४२ स्थानको मतगणना जारी छ । 

images
images
images

अहिलेसम्म नेपाली कांग्रेसका चार उम्मेदवार विजयी भइसकेका छन्। जारी मतगणनामा नेपाली कांग्रेस ४३ स्थानमा अगाडि छ। नेकपा (एमाले) ४०, नेकपा (माओवादी केन्द्र) १४, राष्ट्रिय स्वतन्त्र पार्टी ११, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ र अन्य दल तथा उम्मेदवार २२ स्थानमा अग्रस्थानमा छन्। 

images
images

समानुपातिकतर्फ एमाले अगाडि

images
images
images

समानुपातिकतर्फको मगणनामा एमाले अगाडि छ। हालसम्म एमालेले ७६ हजार तीन सय २३, कांग्रेसले ६५ हजार सात सय ९२, राष्ट्रिय स्वतन्त्र पार्टीले ३३ हजार तीन सय ३७, माओवादी केन्द्रले २९ हजार ६ सय ५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार ४४ मत प्राप्त गरेका छन्।

जनता समाजवादी पार्टीले पाँच हजार आठ सय ३३, जनमत पार्टीले पाँच हजार चार सय ५५, नेपाल मजदुर किसान पार्टीले चार हजार चार सय ३८, नागरिक उन्मुक्ति पार्टीले तीन हजार पाँच सय ३८, नेकपा (एकीकृत समाजवादी)ले तीन हजार ४६० मत प्राप्त गरेका छन्। 


प्रकाशित : मंगलबार, मंसिर ६ २०७९०७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend