शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

जारी मतगणनामा १४ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ६ २०७९
जारी मतगणनामा १४ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

मतगणनाको प्रारम्भिक मत परिणाम अनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले १४ क्षेत्रमा अग्रता कायम राखेको छ।

काठमाडौं- आइतबार सम्पन्‍न सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको मतगणना देशभर जारी छ। 

मतगणनाको प्रारम्भिक मत परिणाम अनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले १४ क्षेत्रमा अग्रता कायम राखेको छ। पहिलोपटक निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको क्षेत्र नम्बर २, ६, ७ र ८ मा अग्रता लिएको छ। 

क्षेत्र नम्बर २ मा सोविता गौतम, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले अग्रता कायम राखेका छन्। 

त्यस्तै ललितपुर क्षेत्र नम्बर ३ मा डा तोसिमा कार्कीले अग्रता लिएकी छन्। यो पार्टीले कास्कीका दुई क्षेत्रमा अग्रता लिएको छ। 

झापामा १, सुनसरीमा २, चितवनमा १, रुपन्देहीमा १ र नवलपारसी पश्चिममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले अग्रता लिएका छन्। 

raswapa.png


प्रकाशित : मंगलबार, मंसिर ६ २०७९०४:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend