शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

काठमाडौं ५ मा एमालेका ईश्वर पोखरेललाई पछि पार्दै कांग्रेसका प्रदीप पौडेलको अग्रता कायम

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ६ २०७९
काठमाडौं ५ मा एमालेका ईश्वर पोखरेललाई पछि पार्दै कांग्रेसका प्रदीप पौडेलको अग्रता कायम

काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन्। 

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उनले १ हजार ८ सय १६ मत अन्तरले अग्रता लिएका हुन्।

१८ हजार ७ सय ९७ मत गणना हुँदा युवा नेता पौडेलको छ हजार एक सय ८१ मत प्रप्त भएको छ भने नेकपा (एमाले) तर्फका उम्मेदवार ईश्वर पोखरेलको चार हजार तीन सय ६५ प्राप्त भएको क्षेत्र नम्बर ५ निर्वाचन कार्यालयका प्रवक्ता कमलकान्त जोशीले जानकारी दिएका छन्। 

यस क्षेत्रमा कूल ७० हजार नौ सय १९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार नौ सय ९७ मत खसेको थियो। काठमाडौँ क्षेत्र नम्बर ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कूल २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। 


प्रकाशित : मंगलबार, मंसिर ६ २०७९०४:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend