शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

मधेस प्रदेशको समानुपातिकमा जनमत पार्टी पहिलो, लुम्बिनी, गण्डकी र प्रदेश १ मा एमाले अघि 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ६ २०७९
मधेस प्रदेशको समानुपातिकमा जनमत पार्टी पहिलो, लुम्बिनी, गण्डकी र प्रदेश १ मा एमाले अघि 

कर्णाली र सुदूरपश्चिमको मतगणनाको तथ्यांक सार्वजनिक भएको छैन। 

काठमाडौं- आइतबार सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ। 

निर्वाचन आयोगका अनुसार प्रदेश तथा प्रतिनिसभा सदस्यका लागि भएको प्रत्यक्ष तथा समानुपातिकको मतगणना समानान्तर रुपमा भइरहेको छ। 

आयोगका अनुसार हाल पाँच प्रदेससभा सदस्यको समानुपातिकमा मत गणना भइरहेको छ। यी प्रदेशमध्ये पहिलोपटक निर्वाचनमा होमिएको जनमत पार्टीले मधेस प्रदेशमा सबैभन्दा धेरै मत ल्याएर एक नम्बरमा रहेको छ। 

मधेसमा जनमत पार्टीले २ हजार ६४४ मत ल्याएको छ। त्यस्तै दोस्रोमा कांग्रेस र तेस्रोमा एमाले रहेको छ। 

प्रदेश  १ मा एमालेले सबैभन्दा धेरै भोट ल्याएको छ। प्रदेश एक मा एमालेले २० हजार ७९३ मत ल्याएको छ। दोस्रोमा कांग्रेस र चौथोमा राप्रपार रहेको छ। 

पाँच प्रदेशमध्ये एमालेले प्रदेश  १ सँगै गण्डकीमा १२ हजार मत र लुम्बिनीमा २० हजार मत सहित अग्रता लिएको छ। 

बागमती प्रदेशमा मात्र नेपाली कांग्रेसले ९ हजार ७१५ मत सहित अग्रता लिएको छ। बागमतीमा एमाले दोस्रो र राप्रपा तेस्रो छन्। 

कर्णाली र सुदूरपश्चिमको मतगणनाको तथ्यांक सार्वजनिक भएको छैन। 


प्रकाशित : मंगलबार, मंसिर ६ २०७९०४:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend