शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

तीन प्रदेशसभामा कांग्रेसको अग्रता, दुईमा ए‍मालेको

मंगलबार, मंसिर ६ २०७९
तीन प्रदेशसभामा कांग्रेसको अग्रता, दुईमा ए‍मालेको

त्यस्तै गण्डकीमा नेपाली कांग्रेसले २ ठाउँमा जितेर ८ क्षेत्रमा अग्रता लिएको छ। लुम्बीमा कांग्रेस र एमालेले समान ८/८ ठाउँमा अग्रता लिएका छन्। 

काठमाडौं- आइतबार सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ। 

निर्वाचन आयोगका अनुसार प्रदेश तथा प्रतिनिसभा सदस्यका लागि भएको प्रत्यक्ष तथा समानुपातिकको मतगणना समानान्तर रुपमा भइरहेको छ। 

आयोगका अनुसार प्रतिनिधिसभा सदस्यको समानुपातिकमा एमालेले अग्रता लिएको छ भने प्रत्यक्षमा नेपाली कांग्रेसको अग्रता धेरै ठाउँमा छ। 

प्रदेशमा भने मिश्रित रहेको छ। 

प्रदेश नम्बर एका ५६ क्षेत्रमध्ये हालसम्म गणना भइरहेका २८ क्षेत्रमा नेपाली कांग्रेसले १० ठाउँमा अग्रता लिएको छ। त्यस्तै एमालेले ९ ठाउँमा अग्रता लिएको छ। माओवादी केन्द्र र एकिकृत समाजवादीले ४/४ ठाउँमा अग्रता लिएका छन्। यो प्रदेशमा राप्रपाले १ ठाउँमा अग्रता लिएको छ। 

त्यस्तै मधेस प्रदेशमा ६४ क्षेत्रका लागि भएको निर्वाचनमध्ये ४३ क्षेत्रमा गणना भइरहेको छ। यसमा कांग्रेस र एमालेले ८/८ क्षेत्रमा अग्रता लिएका छन्। माओवादीले ६, जनता समाजवादी ४, जनमत पार्टीले ४ क्षेत्रमा अग्रता लिएका छन्।

बागमती प्रदेशसभाका लागि भएको निर्वाचनको मतगणनामा एमालेले सबैभन्दा धेरै १३ ठाउँमा अग्रता लिएको छ। बागमतीमा कांग्रेसले १२ सहित पछ्याइरहेको छ। माओवादीको  र राप्रपाले ३/३ ठाउँमा अग्रता लिएका छन् भने नेकपा एसले २ ठाउँमा अग्रता लिएको छ। 

त्यस्तै गण्डकीमा नेपाली कांग्रेसले २ ठाउँमा जितेर ८ क्षेत्रमा अग्रता लिएको छ। लुम्बीमा कांग्रेस र एमालेले समान ८/८ ठाउँमा अग्रता लिएका छन्। 

कर्णालीमा कांग्रेसको अग्रता धेरै छ भने सुदूरपश्चिम प्रदेशमा एमालेको अग्रता छ। 

 


प्रकाशित : मंगलबार, मंसिर ६ २०७९०४:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend