शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

गगन थापाको जित निश्चित 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ६ २०७९
गगन थापाको जित निश्चित 

क्षेत्र नम्बर चारको गणना हुँन बाँकी मतभन्दा थापाको अग्रता धेरै भएपछि जित सुनिश्चित भएको हो। 

काठमाडौं-  काठमाडौं क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना अनुसार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको जित निश्चित भएको छ। 

क्षेत्र नम्बर चारको गणना हुँन बाँकी मतभन्दा थापाको अग्रता धेरै भएपछि जित सुनिश्चित भएको हो। 

क्षेत्र नम्बर ४ मा ४ हजार ८८१ भन्दा कम मत गणना बाँकी हुँदा थापा एमालेका डा राजन भट्टराईभन्दा ५ हजार ९९१ मतले अघि रहेका छन्। थापाले हालसम्म १९ हजार १४ मत पाएका छन् भने भट्टराईले १३ हजार २३ मत पाएका छन्। 

थापा यही क्षेत्रबाट तेस्रोपटक निर्वाचित हुँदैछन्। 


प्रकाशित : मंगलबार, मंसिर ६ २०७९०३:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend