शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

समानुपातिकमा एमालेको अग्रता, माओवादीलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो

मंगलबार, मंसिर ६ २०७९
समानुपातिकमा एमालेको अग्रता, माओवादीलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो

पहिलो पटक निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो धेरै मत ल्याउने सूचीमा समावेश भएको छ। आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले २७ हजार १६० मत ल्याएको छ। 

काठमाडौं- आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मतगणना भइरहेको छ। 

प्रत्यक्ष तथा समानुपातिकको मतगणना समानान्तर रुपमा  भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ। 

समानुपातिक तर्फको मतगणनाको सुरुवाति परिणाम अनुसार नेकपा एमालेले सबैभन्दा धेरै मत ल्याएको छ। एमालेले ६१ हजार १८१ मत प्राप्त गरेको छ। 

त्यस्तै दोस्रोमा नेपाली कांग्रेस रहेको छ। आयोगको जानकारी अनुसार कांग्रेसले यो समाचार तयार पार्दासम्म ५४ हजार १२५ मत ल्याएको छ।

पहिलो पटक निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो धेरै मत ल्याउने सूचीमा समावेश भएको छ। आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले २७ हजार १६० मत ल्याएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादीलाई उछिन्दै तेस्रो भएको हो। यसअघि २०७४ सालको निर्वाचनमा माओवादी तेस्रो दल बनेको थियो। 

माओवादीले २३ हजार ९८०९ मत ल्याएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले १३ हजार ३४० मत ल्याएको छ।  

प्रकाशित : मंगलबार, मंसिर ६ २०७९०३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend