शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

जारी मतगणनामा कांग्रेसको अग्रता कायमै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ६ २०७९
जारी मतगणनामा कांग्रेसको अग्रता कायमै

निर्वाचन आयोगका अनुसार हाल १६५ मध्ये १३० निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ। 

काठमाडौं- आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मतगणना देशभर भइरहेको छ। देशका विभिन्न क्षेत्रमा अहिले मतगणना भएर प्रारम्भिक मत परिणाम पनि सार्वजनिक भइरहेको छ। 

निर्वाचन आयोगका अनुसार हाल १६५ मध्ये १३० निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ। 

जारी मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेसले दुई क्षेत्रमा जित हात पारेको छ। त्यस्तै ४४ ठाउँमा अग्रता लिइरहेको छ। 

यो समाचार तयार पार्दासम्म एमालेले कांग्रेसलाई पछ्याइरहेको छ। एमालेलेले ३५  सिटमा अग्रता लिएको छ। एमाले एक सिटमा जित हासिल गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १२ ठाउँमा अग्रता लिएको छ भने नेकपा माओवादी केन्द्रले ११ र नेकपा एसले ७ ठाउँमा अग्रता लिएका छन्। अन्य पार्टीले १९ ठाउँमा अग्रता लिएका छन्। 

 

 


प्रकाशित : मंगलबार, मंसिर ६ २०७९०३:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend