शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

गण्डकी प्रदेश सभामा कांग्रेसले ३ सिट जित्दा स्वतन्त्र एक विजयी

सोमबार, मंसिर ५ २०७९
गण्डकी प्रदेश सभामा कांग्रेसले ३ सिट जित्दा स्वतन्त्र एक विजयी

काठमाडौं- गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसले ३ सिटमा जित निकालेको छ। कांग्रेसले मनाङ प्रदेश सभा १ र मुस्ताङको २ वटै प्रदेशमा जित निकालेको हो।

मनाङ प्रदेश सभा १ मा कांग्रेसका मुनिन्द्रजंग विजयी भएका हुन। यसैगरी मुस्ताङको प्रदेश १ मा कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन्। गुरुङ एमालेका इन्द्रधारा विष्टलाई गरेका हुन।

नम्डुले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधाराले ७ सय ९३ मत पाए। यसैगरी प्रदेश  २ मा कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन्। यसैगरी मनाङ प्रदेशसभा २ मा यसअघि नै राजीव गुरुङ 'दीपक मनाङे' सर्वसम्मत निर्वाचित भइसकेका छन् ।


प्रकाशित : सोमबार, मंसिर ५ २०७९१५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend