शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

समानुपातिकको सुरुवाति गणनामा कांग्रेसको अग्रता, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर ५ २०७९
समानुपातिकको सुरुवाति गणनामा कांग्रेसको अग्रता, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी 

हिलो पटक निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो धेरै मत ल्याउने सूचीमा समावेश भएको छ।

काठमाडौं- आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मतगणना भइरहेको छ। 

प्रत्यक्ष तथा समानुपातिकको मतगणना समानान्तर रुपमा  भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ। 

समानुपातिक तर्फको मतगणनाको सुरुवाति परिणाम अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै मत ल्याएको छ। कांग्रेसले ४ हजार ८७६ मत प्राप्त गरेको छ। 

आयोगले दिएको जानकारी अनुसार हालसम्म नेकपा एमालेले ४ हजार ११३ मत प्राप्त गरेको छ। 

पहिलो पटक निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो धेरै मत ल्याउने सूचीमा समावेश भएको छ। आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार ४२१ मत ल्याएको छ। 

माओवादीले १ हजार ८५१ मत ल्याएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार १२१ मत ल्याएको छ।  

ele.png


प्रकाशित : सोमबार, मंसिर ५ २०७९१३:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend