शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

जारी मतगणनामा सात क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

सोमबार, मंसिर ५ २०७९
जारी मतगणनामा सात क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

क्षेत्र नम्बर ६ मा शिशिर खनाल र २ मा सोबिता गौतमले अग्रता कायम राखेका छन्। 

काठमाडौं- आइतबार सम्पन्‍न ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको मतगणना देशभर जारी छ। 
मतगणनाको प्रारम्भिक मत परिणाम अनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले सात क्षेत्रमा अग्रता कायम राखेको छ। 

पहिलोपटक निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको क्षेत्र नम्बर ६ र २ मा अग्रता लिएको छ। 

क्षेत्र नम्बर ६ मा शिशिर खनाल र २ मा सोबिता गौतमले अग्रता कायम राखेका छन्। 

त्यस्तै ललितपुर क्षेत्र नम्बर ३ मा डा तोसिमा कार्कीले अग्रता लिएकी छन्। यो पार्टीले कास्कीका दुई क्षेत्रमा अग्रता लिएको छ। कास्की २ मा माधवप्रासद कंडेल र ३ मा योगराज पौडेलले अग्रता लिएका छन्। 

झापा ४ मा शम्भुप्रसाद ढकालले अग्रता कायमै राखेका छन् भने रुपन्देही २ मा गणेश पौडेल अग्रस्थानमा छन्। 


प्रकाशित : सोमबार, मंसिर ५ २०७९१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend