शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

जारी मतगणनामा कांग्रेसको अग्रता, पछ्याउँदै एमाले

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर ५ २०७९
जारी मतगणनामा कांग्रेसको अग्रता, पछ्याउँदै एमाले

यो समाचार तयार पार्दासम्म एमालेले कांग्रेसलाई पछ्याइरहेको छ। एमालेलेले २६ सिटमा अग्रता लिएको छ।

काठमाडौं- आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मतगणना देशभर भइरहेको छ। देशका विभिन्न क्षेत्रमा अहिले मतगणना भएर प्रारम्भिक मत परिणाम पनि सार्वजनिक भइरहेको छ। 

प्रारम्भिक मत परिणाम अनुसार सबैभन्दा धेरै ठाउँमा नेपाली कांग्रेसले अग्रता लिएको छ। प्रारम्भिक मत परिणाम अनुसार अहिले गणना भइरहेका ठाउँमध्ये कांग्रेसले ३८ ठाउँमा अग्रता लिएको छ। कांग्रेसले २ सिटमा जित हात पारेको छ। 

यो समाचार तयार पार्दासम्म एमालेले कांग्रेसलाई पछ्याइरहेको छ। एमालेलेले १६ सिटमा अग्रता लिएको छ। एमाले एक सिटमा जित हासिल गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ८ ठाउँमा अग्रता लिएको छ।

नेकपा माओवादी केन्द्रले १० र नेकपा एसले ८ ठाउँमा अग्रता लिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले ३, जनमत पार्टीले ३ र नागरिक उन्मुक्ति पार्टीले २ ठाउँमा अग्रता लिएको छ। 


प्रकाशित : सोमबार, मंसिर ५ २०७९११:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend