शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

जारी मतगणनामा एमालेको अग्रता, पछ्याउँदै कांग्रेस 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर ५ २०७९
जारी मतगणनामा एमालेको अग्रता, पछ्याउँदै कांग्रेस 

नेकपा माओवादी केन्द्रले १०, नेकपा एसले ८ ठाउँमा अग्रता लिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले ३, जनमत पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले २ ठाउँमा अग्रता लिएको छ। 

काठमाडौं- आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मतगणना देशभर भइरहेको छ। देशका विभिन्न क्षेत्रमा अहिले मतगणना भएर प्रारम्भिक मत परिणाम पनि सार्वजनिक भइरहेको छ। 

 प्रारम्भिक मत परिणाम अनुसार सबैभन्दा धेरै ठाउँमा नेकपा एमालेले अग्रता लिएको छ। प्रारम्भिक मत परिणाम अनुसार अहिले गणना भइरहेका ठाउँमध्ये नेकपा एमालेले १६ ठाउँमा अग्रता लिएको छ। 

यो समाचार तयार पार्दासम्म कांग्रेसले एमालेलाई पछ्याइरहेको छ। वृहत गठनबन्धको ठूलो दल कांग्रेसले १५ सिटमा अग्रता लिएको छ भने एक ठाउँमा जित हात पारेको छ। 

तेस्रो स्थानमा गठबन्धन बाहिरको राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। यो पार्टीले अहिलेसम्म ६ ठाउँमा अग्रता लिएको छ।

नेकपा माओवादी केन्द्रले २ र नेकपा एसले २ ठाउँमा अग्रता लिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले ३, जनमत पार्टीले ३ र नागरिक उन्मुक्ति पार्टीले २ ठाउँमा अग्रता लिएको छ। 

 


प्रकाशित : सोमबार, मंसिर ५ २०७९१०:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend