शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

१३ स्थानमा एमालेको सुरुवाती अग्रता

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर ५ २०७९
१३ स्थानमा एमालेको सुरुवाती अग्रता

त्यस्तै काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर १ मा रेशमबहादुर लामाले अग्रता लिएका छन्। कास्कीको क्षेत्र नम्बर  मा मनबहादुर गुरुङ र ३ मा दामोदर पौडेलले अग्रता लिएका छन्। 

काठमाडौं- आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मतगणना देशभर भइरहेको छ। देशका विभिन्न क्षेत्रमा अहिले मतगणना भएर प्रारम्भिक मत परिणाम पनि सार्वजनिक भइरहेको छ। 

प्रारम्भिक मत परिणाम अनुसार अहिले गणना भइरहेका ठाउँमध्ये नेकपा एमालेको सबैभन्दा धेरै अग्रता रहेको छ। मत परिणाम अनुसार देशभरका १३ क्षेत्रमा एमालेले अग्रता लिएको छ। 

जसमा ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा एमालेले अग्रता लिएको छ। ललितपुरको  १ मा नवराज सिलवाल, २ मा प्रेमबहादुर महर्जन र ३ मा अमृत खड्काले सुरुवाती अग्रता लिएका छन्। 

काठमाडौंका दुई क्षेत्रमा एमालेका उम्मेद्वारले अग्रता लिएका छन्। क्षेत्र नम्बर  ९ मा कृष्णगोपाल श्रेष्ठले अग्रता लिएका छन्। क्षेत्र नम्बर ३ मा भने एमाले र कांग्रेसका उम्मेद्वारको भोट बराबर छ। 

त्यस्तै काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर १ मा रेशमबहादुर लामाले अग्रता लिएका छन्। कास्कीको क्षेत्र नम्बर  मा मनबहादुर गुरुङ र ३ मा दामोदर पौडेलले अग्रता लिएका छन्। 

दाङको क्षेत्र नम्बर ३ मा कोमल वलीको अग्रता, बाँके ३ मा किस्मतकुमार कक्षपति, दैलेख १ मा रविन्द्राज शर्मा, रौतहट ४ मा उद्धवप्रसाद रेग्मी र धनुषा ३ मा जुलीकुमारी महतोले अग्रता लिएका छन्। 

 

 


प्रकाशित : सोमबार, मंसिर ५ २०७९०८:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend