शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

गुजरातको सनानन्द प्लान्टबाट निस्कियो फोर्डको अन्तिम कार

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज २३ २०७८
गुजरातको सनानन्द प्लान्टबाट निस्कियो फोर्डको अन्तिम कार

यो सँगै फोर्डले गुजरातमा सनानन्दमा रहेको प्लान्टबाट शनिबार (अक्टोबर ९) अन्तिम कार उत्पादन गरेको छ। अब सो प्लान्टबाट कार उत्पादन हुने छैन।

काठमाडौं- भारत प्रवेश गरेको २५ वर्ष पुरा गर्‍यो अमेरिकी कार उत्पादक फोर्डले। यो अवधिमा फोर्डले भारतमा दुईवटा उत्पादन प्लान्ट स्थापना गरेको थियो। तामिलनाडू र गुजरातमा प्लान्ट खोलेर कार उत्पादन गर्दै आएको फोर्ड दुई साताअघि भारतीय प्लान्टबाट कार उत्पादन बन्द गर्ने निर्णयमा पुग्यो। 

यो सँगै फोर्डले गुजरातको सनानन्दमा रहेको प्लान्टबाट शनिबार (अक्टोबर ९) अन्तिम कार उत्पादन गरेको छ। अब सो प्लान्टबाट कार उत्पादन हुने छैन। भारतमा कार उत्पादन गर्ने गरि आएको विदेशी ब्रान्डमा फोर्ड पहिलो मध्येमा पर्दछ। 

यसअघि फोर्डले भारतमा ५ वटा मोडलकार कार उत्पादन गर्दै आएको थियो। फोर्डका इकोस्पोर्ट, फिगो, फ्रिस्टायल, इन्डेभर र एसपायर उत्पादन हुँदै आएका थिए भने भारतीय कार बजारमा उसको हिस्सा पछिल्लोपटक १.७ प्रतिशत थियो। 

इकोस्पोर्ट भारतमा फोर्डको सबैभन्दा धेरै बिक्री हुने कार हो भने निर्यामा पनि यसकै ठूलो हिस्सा थियो। 

सेप्टेम्बरमा उत्पदन बन्द गर्ने निर्णय गरेपनि फोर्डले केही समय सानो संख्यामा कार उत्पादनलाई जारी राख्ने बताएको थियो। तर सनानन्द प्लान्टमा रहेको स्टक/उपलब्ध पार्टपुर्जा सकिएकाले त्यहाँबाट फोर्डको अन्तिम कार शनिबार  उत्पादन भएको रसलेनले लेखेको छ। 

गुजरातको सनानन्द प्लान्टबाट फोर्डका फिगो, एसपायर र फ्रिस्टायल उत्पादन हुँदै आएका थिए। फोर्डले तामिलनाडूमा रहेको प्लान्टबाट भने निर्यात प्रयोजनका लागि २०२२ को मध्यतिरसम्म कार उत्पादन भइरहने जनाएको छ। 

तमिलनाडूमा रहेको प्लान्ट टाटाले खरिद गर्ने विषयमा छलफल भइरहेको छ। तर गुजरात प्लान्ट भने कसले किन्ने भन्ने बाहिर आएको छैन। 

 


प्रकाशित : शनिबार, असोज २३ २०७८०८:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend