बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

६१ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक रिपोर्ट,  ४ जिल्लाको १५ केन्द्रमा मतदान स्थगित

images
आइतबार, मंसिर ४ २०७९
images
६१ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक रिपोर्ट,  ४ जिल्लाको १५ केन्द्रमा मतदान स्थगित
images
images

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश निर्वाचन २०७९ मा ६१ प्रतिशत मत खसेको प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेको छ।

images
images
images

आयोगले आइतबार राति प्राप्त तथ्यांकअनुसार देशभर ६१ प्रतिशत मत खसेको जनाएको हो। यो विवरण सबै तथ्यांक आएपछि बढ्ने निर्वाचन आयोगले जनाएको छ।

images
images

राजनीतिक दल र उम्मेदवारबीचको विवादले विभिन्न जिल्लाका १५ केन्द्रमा मतदान स्थगित भएको पनि आयोग जानकारी दिएको छ।  

images
images

आयोगका अनुसार सुर्खेत, नवलपरासी, बाजुरका  र गुल्मीका केही तहमा मतदान स्थगित भएको छ। यता आयोगले अपेक्षा अनुसार मत नखसेको बताएका छ।

स्थगित भएको ठाउँमा २ दिन भित्र मतदान गर्न निर्देशन दिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। प्रारम्भिक परिणाम अनुसार यस पटक खसेको मत २०७४ को भन्दा ७ प्रतिशतले कम हो। २०७४ मा ६८ प्रतिशत मत खसेको थियो।


प्रकाशित : आइतबार, मंसिर ४ २०७९१४:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend