बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

कतार विश्वकप २०२२ आजदेखि सुरु हुँदै

images
आइतबार, मंसिर ४ २०७९
images
कतार विश्वकप २०२२ आजदेखि सुरु हुँदै

उद्घाटन खेलमा आयोजक कतार र दक्षिण अमेरिकी राष्ट्र इक्वेइडर भिड्दै छन्। खेल नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

images
images

काठमाडौं- फिफा विश्वकप २०२२ आजदेखि सुरु हुँदैछ। खाडी मुलुक कतारले पहिलोपटक विश्वकप आयोजना गरेको हो।

images
images
images

उद्घाटन खेलमा आयोजक कतार र दक्षिण अमेरिकी राष्ट्र इक्वेइडर भिड्दै छन्। खेल नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

images
images

कतारमा २० नोभेम्बरदेखि १८ डिसेम्बर २०२२ सम्म हुने प्रतियोगिता २२औं संस्करण हो। प्रतियोगितामा विश्वभरका ३२ टिम सहभागी छन्।

images
images

सन् २००२ को दक्षिण कोरिया र जापानमा भएको प्रतियोगिता पछि पूर्णरूपमा एसियामा आयोजना हुने दोस्रो विश्वकप हो। सम्भवत: यो विश्वकप ३२ टिम सहभागी हुने अन्तिम विश्वकप हुनेछ। सन् २०२६ देखि ४८ देश सहभागी हुने निर्णय फिफाले गरिसकेको छ। 

प्रतियोगिताका खेल पाँच शहरका आठ रंगशाला खेलाइने छन्। कतारको गर्मी र आर्द्रताको कारण यो विश्वकप नोभेम्बर र डिसेम्बरमा आयोजना हुन लागेको हो।  

उद्घाटन खेल कतार र इक्वेडरबीच अल बेत स्टेडियम, अल खोरमा हुनेछ। विश्वकपको फाइनल खेल १८ डिसेम्बर कतारको राष्ट्रिय दिवसमा हुने तय भएको छ।


प्रकाशित : आइतबार, मंसिर ४ २०७९०५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend