बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

नमूना माझी बस्तीका घर प्रयोगविहीन

images
शनिबार, मंसिर ३ २०७९
images
नमूना माझी बस्तीका घर प्रयोगविहीन

तत्काललाई नमूना बस्तीले सुविधा दिए पनि अहिले प्रयोगविहीन बनेको सीता माझीले बताए। उनका अनुसार केही माझी परिवारले नमूना बस्तीका घरलाई अन्नपात राख्ने र भान्छा बनाएका छन्।

images
images

चौतारा- २०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली संघले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ शिखरपुरमा बनाइदिएको नमूना माझीगाउँका ४६ घर प्रयोगविहीन बनेका छन्।
 
भूकम्पलगत्तै रोटरी इन्टरनेशनलसमेतको सहयोगमा थाई नेपाली संघले एक करोड सात लाख खर्चेर नमूना बस्ती बनाएको थियो। फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प खोज्नुपरेको धनबहादुर माझीले बताए। बाक्लो नमूना बस्तीमा रहेको घरमा माझीले ताल्चा झुन्ड्याएका छन्।

images
images
images

माझीले बस्तीको पछाडि छकोठे आरसीसी घर ठड्याए। तेह्र सदस्यीय परिवार नमूना बस्तीको एककोठे घरमा नअटेपछि अर्को घर बनाउनुपरेको माझीले बताए। 

images
images

तत्काललाई नमूना बस्तीले सुविधा दिए पनि अहिले प्रयोगविहीन बनेको सीता माझीले बताए। उनका अनुसार केही माझी परिवारले नमूना बस्तीका घरलाई अन्नपात राख्ने र भान्छा बनाएका छन्। बस्तीका धेरैजसो घर प्रयोगविहीन अवस्थामा छन्।

images
images

तीनवटा सामूहिक धारा र एक सामुदायिक भवनसहितको नमूना बस्तीका घरमा आधा भागसम्म ढुूगाको गारो र बाँकीमा प्रिफ्याब प्रयोग गरिएको छ। निर्माणमा प्रयोग गरिएका सामग्रीको आधारमा बस्तीका घर अल्पकालीन संरचना भएको नमूना बस्ती उभभोक्ता समितिका अध्यक्ष नारायण माझीले बताए।

उनका अनुसार माझी बस्तीका ४६ परिवारले नै अर्को घर बनाइसकेका छन्। वैकल्पिक घर बनाउँदा माझी परिवारलाई दुईदेखि १० लाख रुपैयाँसम्म ऋण लागेको उनले बताए। 
 
दीर्घकालीन सोच नराखी बनाइएको नमूना बस्तीका एककोठे घरमा कहाँ सुत्ने, कहाँ अन्नपात राख्ने, लुगाफाटा कता राख्ने, खाना कहाँ बनाउने र पाहुना आउँदा कसरी अटाउनेजस्ता समस्या आएपछि वैकल्पिक संरचना बनाउनुपरेको माझी समुदायको भनाइ छ। रासस


प्रकाशित : शनिबार, मंसिर ३ २०७९०९:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend