बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

साढे दुई दर्जन ब्रोकरले आफ्नै टीएमएस राख्दै 

images
शुक्रबार, मंसिर २ २०७९
images
साढे दुई दर्जन ब्रोकरले आफ्नै टीएमएस राख्दै 

हालसम्म ३४ वटा ब्रोकरले मात्र आफ्नै प्रणाली सञ्चालन गर्नका लागि अघि सरेका छन्। बाँकी १६ वटा ब्रोकर कम्पनी भने नेप्सेकै टीएमएस चलाउने भएका छन्। 

images
images

काठमाडौं- सेयर ब्रोकर (धितोपत्र दलाल) हरूले आफ्नै टीएमएस(कारोबार व्यवस्थापन प्रणाली) राखेर सञ्चालन गर्ने भएका छन्। 

images
images
images

ब्रोकरहरूले मापदण्ड पूरा गरेर आफ्नै प्रणाली राखेर कारोबार सञ्चालन गर्न पाउने व्यवस्था अनुसार ३४ वटा ब्रोकरले राख्न का लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट अनुमति पाउने प्रक्रियामा गएका छन्। 

images
images

धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७९ अनुसार ब्रोकरले आफ्नै प्रणाली स्थापना गरी सञ्चालन गर्नका लागि दुई चरणमा अनुमति लिनुपर्छ। 

images
images

विनियमावली अनुसार ब्रोकरहरूले  कागजी र  प्राविधिक अनुमति लिनुपर्छ। नेप्सेले परीक्षणपछि यी दुबै परीक्षण स्वीकृत भएपछि मात्र प्रणाली सञ्चालनको अन्तिम स्वीकृति पाइन्छ। 

आफ्नै प्रणाली राखेर सञ्चालन गर्न इच्छुक ब्रोकरले सुरुमा आफूले राख्न खजेको प्रणालीको सफ्टवेयर, त्यसको प्रकृति, जनशक्ति व्यवस्थापन, डेटा सुरक्षा लगायतका कुराको प्रतिबद्धतासहितको स्पेसिफिकेसन नेप्सेमा बुझाउँछन्। नेप्सेले विनियमावली अनुसारको स्पेसिफिकेसन छ कि छैन भनेर परीक्षण गर्छ। यदि मापदण्ड अनुसार छ भने भने बाँकी कामका लागि अनुमति पाउँछन्। प्रणालि राख्न चाहेका ब्रोकरले अहिले यस्तो स्वीकृति नेप्सेबाट पाइसकेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए। 

यस्तो स्वीकृति पाएपछि ब्रोकरहरूले सफ्टवेयर जडान तथा अन्य आवश्यक पूर्वाधार तथा हार्डवेयर जडानका लागि काम गर्छन्। जुन काम गरेपछि नेप्सेले स्पेसिफिकेसन अनुसारको छ कि छैन भनेर परीक्षण गर्छ। यसरी परीक्षण गरेर सही देखिएमा नेप्सेको प्रणालीमा जोडिएपछि नयाँ प्रणाली सञ्चालनमा आउँछ। यो दोस्रो चरणको प्राविधिक परीक्षणको स्वीकृति भने ब्रोकरहरूले अझै पाएका छैनन्। 

हालसम्म ३४ वटा ब्रोकरले मात्र आफ्नै प्रणाली सञ्चालन गर्नका लागि अघि सरेका छन्। बाँकी १६ वटा ब्रोकर कम्पनी भने नेप्सेकै टीएमएस चलाउने भएका छन्। 

ब्रोकर आफैले चलाउने प्रणाली विनियमावली अनुसार सुरक्षित र उत्तरदायी हुनुपर्ने छ। त्यस्तै एक आपसमा हार्मोनाइज्ड पनि हुनुपर्ने छ। 


प्रकाशित : शुक्रबार, मंसिर २ २०७९११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend