बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

आजदेखि रक्सी ओसारपसार, बिक्री र सेवनमा रोक

images
बिहीबार , मंसिर १ २०७९
images
आजदेखि रक्सी ओसारपसार, बिक्री र सेवनमा रोक

प्रशासनले बिहीबार र शुक्रबारका लागि शान्ति सुरक्षा, विपद, निर्वाचन कार्य र मुद्दासम्बन्धीका कार्यबाहेक अन्य सेवा प्रभावित हुने पनि सर्वसाधारणलाई जानकारी गराएको छ। 

images
images

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहीबारदेखि जिल्लामा रक्सी बिक्री वितरण, ओसारपसार र सेवनमा रोक लगाएको छ।

images
images
images

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि नै मतदानकार्य सम्पन्न नभएसम्म र मतगणनास्थल वरपर गणना सम्पन्न नभएसम्मका लागि रक्सी ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए।

images
images

विज्ञप्तिमा उक्त सूचनाको परिपालना नगरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ। यस्तै प्रशासन कार्यालय काठमाडौँले बुधबार पनि एक विज्ञप्तिमार्फत यही मङ्सिर ४ गते मतदानका दिन बिहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र अनुमति प्राप्त सवारी साधनबाहेक आन्तरिक रुपमा सबै किसिमका सवारी साधन आवागमनमा रोक लगाइएको जानकारी गराएको छ।  

images
images

प्रशासनले बिहीबार र शुक्रबारका लागि शान्ति सुरक्षा, विपद, निर्वाचन कार्य र मुद्दासम्बन्धीका कार्यबाहेक अन्य सेवा प्रभावित हुने पनि सर्वसाधारणलाई जानकारी गराएको छ। 


प्रकाशित : बिहीबार , मंसिर १ २०७९१०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend