बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

हेटौँडा सिमेन्ट उद्योग १० वर्षपछि पूर्णक्षमतामा सञ्चालन

images
बुधबार, कात्तिक ३० २०७९
images
हेटौँडा सिमेन्ट उद्योग १० वर्षपछि पूर्णक्षमतामा सञ्चालन

उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले उद्योगले १० वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सिमेन्ट उत्पादन सुरु गरेको जानकारी दिए।

images
images

बागमती- सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग पूर्णक्षमतामा सञ्चालनमा आएको छ। तीन महिनापछि पूर्णक्षमतामा सञ्चालनमा उद्योगले दैनिक सात सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको उद्योग प्रशासनले जनाएको छ।

images
images
images

यसअघि उद्योगले तीन सयदेखि चार सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ। उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले उद्योगले १० वर्षपछि पहिलो पटक पूर्णक्षमतामा सिमेन्ट उत्पादन सुरु गरेको जानकारी दिए।

images
images

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि सिमेन्ट बिक्री सुरु गरिने उनको भनाइ छ। हाल सिमेन्ट प्याकिङ गर्ने कार्यसमेत सुरु भइसकेको छ। कोइलाको अभावको कारण विगत तीन महिनादेखि बन्द रहेको उद्योग दुई हप्ता अघि सञ्चालनमा आएको हो।

images
images

कोइला बिक्रेतासँग अनुरोध गरेर केही समयका लागि कोइलाको व्यवस्थापन गरी उद्योग सञ्चालनमा ल्याइएको उद्योग प्रशासनको भनाइ छ। भारत, भुटान र इण्डोनोसियालगायतका देशबाट कोइला आउन थालेपछि उत्पादन सुरु भएको हो।

उद्योगले गरेको प्रारम्भिक अध्ययनबाट प्लान्ट मर्मतका लागि ८० करोडदेखि एक अर्ब रुपैयाँ र नयाँ प्लान्ट निमार्णका लागि पाँच अर्बदेखि आठ अर्ब रुपैयाँ खर्च हुने देखिएको छ। उद्योगमा हाल दुई सय १८ जना कर्मचारी छन्। रासस


प्रकाशित : बुधबार, कात्तिक ३० २०७९१२:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend