शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सस्तो मूल्यमा आएपछि लगानीकर्ता धमाधम  नेपाल लाइफको सेयर उठाउँदै, कहिले पुग्ला यसअघिको उच्च मूल्यमा?

images
बिहीबार , मंसिर १ २०७९
images
सस्तो मूल्यमा आएपछि लगानीकर्ता धमाधम  नेपाल लाइफको सेयर उठाउँदै, कहिले पुग्ला यसअघिको उच्च मूल्यमा?
images
images

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य इतिहासकै सस्तो भएपछि बढ्न थालेको छ। लगानीकर्तालाई लाभांश घोषणामार्फत थप निराश बनाएपछि सेयर मूल्य लगातार घटिरहेको थियो। 

images
images
images

कम्पनीले कुल १५.७८९५ नगद लाभांश प्रस्ताव गरेको छ। जुन इतिहासमै निराशाजनक लाभांश दिएपछि अन्य बैंक तथा वित्तीय संस्थाहरुको लाभांशभन्दा राम्रो दिएको भन्दै लगानीकर्ताले सेयर उठाउन थालेका छन्। कम्पनीले इतिहासमा लगानीकर्तालाई १२६ प्रतिशतसम्म लाभांश दिएको थियो। १० वर्ष अगाडि नै कम्पनीले ७० प्रतिशत बोनस सेयर र ५६ प्रतिशत नगद लाभांश दिएको इतिहास रहेको छ। 

images
images

गत वर्षदेखि प्रतिकित्ता मूल्य ३००० सम्म पुगेको सेयर मूल्य लगातार घटिरहेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७७ रुपैयाँमा आइपुगेको थियो। जुन मूल्य इतिहासकै सस्तो मूल्य थियो। अहिले पुनः बढेर ६१० रुपैयाँमा बुधबार अन्तिम कारोबार भएको छ। बुधबार मात्रै प्रतिकित्ता १३ रुपैयाँले बढेको छ।

images
images

बुधबार मात्रै नेपाल लाइफको ६३ हजार कित्ता सेयर किनबेच हुँदा ३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ। 

१२ वर्षअगाडि कम्पनीको सेयर मूल्य ७ सय रुपैयाँ हाराहारी रहेको थियो। समग्र नेप्से परिसूचक अघिल्लो वियरिसमा आउँदा १२०० तल हुँदा ९ सयमा अन्तिम कारोबार भएको थियो। त्यसपछि लगातार बढेर ३ हजार रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य लगातार घटेर न्यूनतम ५७७ रुपैयाँमा आइपुगेको थियो।

नेपाल लाइफ इन्स्योरेन्स नोक्सानीमा रहेपनि अधिकांश सूचकमा आफ्नो अग्रता कायमै राख्न सफल भएको छ। चुक्ता पुँजी सबैभन्दा धेरै रहेको नेपाल लाइफ जीवन बीमा क्षेत्रमा क्रियाशील र सेयर बजारमा सूचीकृतमध्ये बलियो कम्पनी हो।

तर गत आर्थिक वर्षको असारसम्ममा भने नेपाल लाइफले सबैभन्दा धेरै ३५ करोड २७ लाख रुपैयाँ नोक्सानी व्योहोर्नु परेको छ। कम्पनीले नोक्सानीको लागि व्यवस्था बापत रकम छुट्याउँदा नोक्सानी व्यहोर्नु परेको जनाएको छ।

चुक्ता पुँजी सबैभन्दा धेरै ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको नेपाल लाइफको बीमा व्यवसायको मुख्य श्रोत खुद बीमाशुल्क आर्जन, जीवन बीमा कोष र कुल बीमाशुल्कमा भने अग्रता कायमै राख्न सफल भएको छ। खुद बीमाशुल्क एक खर्ब माथि, नेपाल लाइफको मात्रै करिब ३५ अर्ब योगदान रहेको छ। 


प्रकाशित : बिहीबार , मंसिर १ २०७९०१:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend