बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

नेपाल टेलिकमको आम्दानीमा झिनो वृद्धि, नाफा घट्यो 

images
बुधबार, कात्तिक ३० २०७९
images
नेपाल टेलिकमको आम्दानीमा झिनो वृद्धि, नाफा घट्यो 

गत वर्ष ग्राहकबाट हुने आम्दानी ९ अर्ब ७७ करोड गरेको कम्पनीले यो वर्ष ९ अर्ब ८ करोड मात्र गरेको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमको आम्दानीमा झिनो वृद्धि देखिएको छ। 

images
images
images

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले तीन महिनामा कूल ११ अर्ब ४ करोड आम्दानी गरेको छ। गत वर्षको यही अवधिमा कम्पनीले १० अर्ब ९५ करोड आम्दानी गरेको थियो। ग्राहकबाट हुने आम्दानी गत वर्षको तुलनामा अत्याधिक घटेको छ। गत वर्ष ग्राहकबाट हुने आम्दानी ९ अर्ब ७७ करोड गरेको कम्पनीले यो वर्ष ९ अर्ब ८ करोड मात्र गरेको छ। 

images
images

पहिलो त्रैमाइसमा कम्पनीले २ अर्ब २२ करोड नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा न्यून हो। गत वर्ष कम्पनीले २ अर्ब २५ करोड नाफा आर्जन गरेको थियो। 

images
images

प्रतिस्पर्धी बजार तथा पूर्वाधारमा लगानी बढाउनुपर्दा आम्दानी तथा नाफामा उत्साहजनक वृद्धि नभएको कम्पनीले उल्लेख गरेको छ। पछिल्लो समय कम्पनीले इन्टरनेट तथा फोरजी नेटवर्क विस्तारमा लगानी बढाइरहेको छ। यही कारणले आम्दानी तथा नाफामा असर देखिएको कम्पनीले उल्लेख गरेको छ। 

कम्पनीले प्रकाशित गरेको विवरण अनुसार गत वर्षको तुलनामा  प्रतिशेयर आम्दी पनि घटेको छ। गत वर्षको यही अवधिमा प्रतिशेयर आम्दानी ५०.०६ रुपैयाँ रहेकोमा यो वर्ष ४९.४९ रुपैयाँमा सीमित भएको छ। 

 

 


प्रकाशित : बुधबार, कात्तिक ३० २०७९०३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend