बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

स्वतन्त्र डिलर समूहद्वारा नाडाको ध्यानाकर्षण : समस्या समाधानमा लाग्नुस्, चुनावपछि आन्दोलन गर्छौं- नाडा

images
मंगलबार, कात्तिक २९ २०७९
images
स्वतन्त्र डिलर समूहद्वारा नाडाको ध्यानाकर्षण : समस्या समाधानमा लाग्नुस्, चुनावपछि आन्दोलन गर्छौं- नाडा

उपाध्यक्ष रिजालले नाडाले व्यवसायीहरुकै हकतिका लागि काम गर्दै आएकाले आफ्नै सदस्यहरुले उठाएका तर सबैको समस्या भएकाले यसको समाधानका लागि अधिकतम पहल गर्ने बताएका हुन्।

images
images

काठमाडौं- सवारीसाधन बिक्री गर्दै आएका स्थानीय डिलरहरुले अटोमोबाइल व्यवसायीको साझा संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ध्यानाकर्षण गराएका छन्। आयात प्रतिबन्ध, तरलता अभाव तथा राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा निर्देशिकाले व्यवसाय बन्द भएको भन्दै स्वतन्त्र डिलरहरुले नाडाको ध्यानाकर्षण गराएका हुन्। 

images
images
images

नाडाको सदस्य रहेको स्थानीय डिलरहरुले सम्पूर्ण अटोमोबाइल व्यवसाय बन्द हुँदा समेत छाता संस्था नाडाले आवश्यक कदम नचालेको भन्दै सोमबार नाडाका उपाध्यक्ष सुनिल रिजाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। सरकारले विदेशी मुद्रा सञ्चितमा दबाब परेको भन्दै पेट्रोलियम पदार्थबाट चल्ने कार तथा मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाएको छ। गत बैशाखदेखि लगाइएको आयात प्रतिबन्ध आगामी मंसिर २८ गतेसम्म प्रतिबन्धित अवस्थामै छ। 

images
images

कार तथा मोटरसाइकलको आयात प्रतिबन्ध हुँदा बिक्री गर्ने कुरा नभएको, बैंकहरुले अत्याधिक ब्याज बढाएका कारण बैंक कर्जा थेग्न नसक्ने अवस्था आएको, शोरुमहरु बन्द हुँदासमेत नाडाले कुनै भुमिका नखेलेको स्वतन्त्र डिलरहरुले बताएका छन्। उनीहरुले यी सबै समस्या समाधानका लागि सम्बन्धित पक्षसँग छलफल गर्न वा आवश्यकता अनुसार आन्दोलनका लागि आवश्यक तयारी गर्न नाडालाई आग्रह गरेको छ। 

images
images

स्वतन्त्र अटोमोबाइल डिलर समूहका अनुसार आगामी मंसिर १५ गतेदेखि आवश्यक कार्य गर्ने गरी तयारी गर्न नाडालाई आग्रह गरेका हुन्। नाडाले आफूहरुले राखेको मागलाई  वेवास्ता गरे समूह आफैले नेतृत्व गरेर अन्दोलनमा जान बाध्य हुने बताएका छन्। 

नाडा अध्यक्ष ध्रवबहादुर थापा पोखरामा रहेकाले सो समूहले ज्ञापनपत्र नाडाका उपाध्यक्ष सुनिल रिजाललाई बुझाएका थिए। उपाध्यक्ष रिजालले नाडाले व्यवसायीहरुकै हकतिका लागि काम गर्दै आएकाले आफ्नै सदस्यहरुले उठाएका तर सबैको समस्या भएकाले यसको समाधानका लागि अधिकतम पहल गर्ने बताएका हुन्। चुनाव लगत्तै नाडाले सरोकारवालासँग छलफल गर्ने र समाधानका लागि पहन नभए सबै व्यवसायीको साथ लिएर आनदोलनमा जान बाध्य हुने रिजालको भनाइ छ। 

बैंकको बढ्दो ब्याज र अटोमोबाइल आयातमा लगाइएको प्रतिबन्धका कारण हाल गाडी आयातकर्ता कम्पनीहरुका साथै डिलरहरुसमेत कठीन अवस्थामा छन्। यसका कारण कतिपय शोरुम नै बन्द भइसकेका छन् भने कतिपयले कर्मचारीलाई आयात प्रतिबन्ध रहँदासम्मका लागि बिदामा राखेका छन्। 

सवारीसाधनको आयात प्रतिबन्ध हुँदा व्यवसायीलाई प्रत्यक्ष मार परेको छ भने सरकारको राजस्व उठौतीमा समेत टड्कारो प्रभाव देखिसकिएको छ। त्यसैले सरकारले सबैको हितहुने गरि सवारीको आयात प्रतिबन्ध हटाउँदै बैंकको ब्याजदर नियन्त्रण र राष्ट्र बैंकले व्यवसायमा प्रत्यक्ष प्रभाव पर्ने गरि ल्याएको चालु पुँजी कर्जा कार्यविधि सच्याउन पहल गर्नुपर्ने माग व्यवसायीहरुले गर्दै आएको छ। 


प्रकाशित : मंगलबार, कात्तिक २९ २०७९११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend