शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

वाणिज्य बैंकहरुले मंसिरमा ब्याज नबढाउने

images
मंगलबार, कात्तिक २९ २०७९
images
वाणिज्य बैंकहरुले मंसिरमा ब्याज नबढाउने

बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज  दिइरहेका छन् भने रेमिट्यान्स मुद्दति खातामा १५.३३३ प्रतिशतसम्म ब्याज दिइरहेका छन्।

images
images

काठमाडौं- वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर नबढाउने भएका छन्। नेपाल बैंकर्स संघको मंगलबार बिहान बसेको बैठकले ब्याजदर नबढाउने निर्णय गरेको हो। 

images
images
images

बैंकहरुले कात्तिक महिनाकै ब्याजलाई निरन्तरता दिँदै मंसिर महिनामा ब्याज नबढाउने निर्णय गरेको हो। बढ्दो ब्याज विरुद्ध उद्योगी व्यवसायीले देशब्यापी आन्दोलन गरेपछि ब्याज घट्न सक्ने अपेक्षा गरिए पनि बैंकहरुले कात्तिक महिनाकै ब्याजलाई यथावत राख्ने निर्णय गरेका हुन्। 

images
images

बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज  दिइरहेका छन् भने रेमिट्यान्स मुद्दति खातामा १५.३३३ प्रतिशतसम्म ब्याज दिइरहेका छन्। साधारण बचत खातामा १०.३३३ प्रतिशत ब्याज तोकिएको छ। 

images
images

प्रत्येक तीन महिनामा परिवर्तन भएको आधार दर लागु हुने भएकाले बैंकहरुले गत असोज महिनामा पछिल्लो ७ महिनादेखि स्थिर रहेको ब्याज बढाएका थिए।


प्रकाशित : मंगलबार, कात्तिक २९ २०७९०६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend