बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

सरकारी कार्यालयको सेवा प्रभावित

images
मंगलबार, कात्तिक २९ २०७९
images
सरकारी कार्यालयको सेवा प्रभावित

निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीसहित जिल्लामा दुई हजार चार सय १६ कर्मचारी खटाइएका छन्।

images
images

मध्यबिन्दु- आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्मचारी खटिएका कारण सरकारी कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ। 

images
images
images

जिल्लाका अधिकांश कर्मचारी निर्वाचनका लागि खटाइएका कारण करिब एक हप्ताका लागि सरकारी कार्यालयको सेवा प्रभाव प्रभावित हुने भएको हो। निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीसहित जिल्लामा दुई हजार चार सय १६ कर्मचारी खटाइएका छन्।

images
images

निर्वाचनका लागि संघ, प्रदेश, स्थानीय तहअन्तर्गतका कर्मचारीसँगै अर्धसरकारी कार्यालयका प्रमुखहरु र शिक्षकलाई पनि खटाइएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए। जिल्लास्थित अधिकांश कार्यालयका प्रमुखदेखि खरिदारसम्मका कर्मचारीहरु निर्वाचनमा खटिएकाले अधिकांश कार्यालयको सेवा प्रवाह प्रभावित भएको उनले बताए। 

images
images

'निर्वाचनमा खटिने कर्मचारीले २९ र ३० गते निर्वाचन सामग्री बुझ्ने भएको हुँदा सेवा प्रभावित हुने निश्चित छ', उनले भने, 'निर्वाचनलाई सभ्य र व्यवस्थितरूपमा सम्पन्न गर्नुपर्ने मुख्य प्राथमिकता भएकाले सरकारी कार्यालयमा अत्यावश्यक सेवाबाहेकका सेवा प्रवाह गर्न बाध्य पारिने छैन।' जिल्लास्थित अधिकांश स्थानीय तहहरुले कात्तिक २९ देखि मङ्सिर ५ गतेसम्म अत्यावश्यकबाहेकका अन्य सेवाहरु बन्द रहने सार्वजनिक सूचना नै जारी गरिसकेका छन्। 

निर्वाचनका लागि जिल्लामा रहेका कार्यालय प्रमुख वा अधिकृत सरहका कर्मचारीलाई मतदान अधिकृतका रूपमा जिम्मेवारी दिइएको छ भने नायव सुब्बा सरहका कर्मचारीलाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ। सोबाहेकका कर्मचारीलाई सहायक कर्मचारीका रूपमा खटाइएको छ।

प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र रहेको नवलपरासीपूर्वमा एक सय १३ वटा मतदानस्थल र तीन सय दुईवटा मतदान केन्द्र रहेका छन्। निर्वाचनका लागि दुई हजार चार सय १६ कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपरासीपूर्वका प्रमुख लालप्रसाद भुसालले जानकारी दिए। 

निर्वाचन सम्पन्न गर्नका लागि यहाँ रहेका हरेक मतदान केन्द्रमा मतदान अधिकृतसहित आठजना कर्मचारी परिचालन गरिएको छ। प्रत्येक मतदान केन्द्रमा आठजनाका दरले कर्मचारी परिचालन गरिएको छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक २९ २०७९०६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend