बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

विश्वकप फुटबल प्रत्यक्ष प्रसारणसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ बुधबार 

images
सोमबार, कात्तिक २८ २०७९
images
विश्वकप फुटबल प्रत्यक्ष प्रसारणसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ बुधबार 

मिडिया हवले विश्वकप फुटबलको प्रशारण अधिकार ल्याएको र यसले प्रत्यक्ष प्रशारण हेरेबापत अतिरिक्त्र शुल्क लिने भएपछि त्यस विरुद्ध अधिवक्ता किशोर पौडेलले उक्त निर्णय गैर संवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

images
images

काठमाडौं- विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण विवादसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ आउँदो बुधबार हुने भएको छ। सोमबार सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ नभएपछि ३० गते बुधबारका लागि अन्तिम सुनुवाइको मिति तय भएको हो।  

images
images
images

सोमबार न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र हरि फुयाँलको संयुक्त इजलासमा पेसी तोकिएको थियो। उक्त मुद्दाको अन्तिम सुनुवाइ ३० गते हुने सर्वोच्च अदालतले जनाएको छ। 

images
images

उक्त मुद्दाको पेसी सोमबार पहिलो नम्बरमै थियो। खेल हेरेवापत अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था र त्यसविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि नेपालमा प्रत्यक्ष प्रसारण हेर्न पाउने विषयमा अन्योल भएको थियो। जुन अन्योलता अहिले पनि छ। विश्वकप सुरु हुन अब ६ दिनमात्र बाँकी छ। 

images
images

सर्वोच्चले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज भएमा मिडिया हवले शुल्क लिएर विश्वकप प्रत्यक्ष प्रसारण गर्न पाउने छ भने अन्तरिम आदेश जारी भएमा शुल्क लिन पाउने छैन।

यसपटक उक्त प्रतियोगिताका खेल हेर्न नेपालमा ५०० रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने भनिएपछि त्यसले ‘विवाद’ उत्पन्न भएको थियो। मिडिया हवले विश्वकप फुटबलको प्रसारण अधिकार ल्याएको र यसले प्रत्यक्ष प्रसारण हेरेबापत अतिरिक्त्र शुल्क लिने भएपछि त्यस विरुद्ध अधिवक्ता किशोर पौडेलले उक्त निर्णय गैर संवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।


प्रकाशित : सोमबार, कात्तिक २८ २०७९०७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend