बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट

images
सोमबार, कात्तिक २८ २०७९
images
सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट

सोमबारका लागि चाँदीको मूल्य १२ सय ९५ रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- सोमबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आइतबारको तुलनामा सुन प्रतितोला १ सय र चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। 

images
images
images

आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएको छ। 

images
images

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ घटेको हो। सोमबारका लागि चाँदीको मूल्य १२ सय ९५ रुपैयाँ तोकिएको छ। आइतबार चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

images
images


प्रकाशित : सोमबार, कात्तिक २८ २०७९०४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend