बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

विश्व अर्थतन्त्र झनै निराशाजनक : आईएमएफ

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २८ २०७९
images
विश्व अर्थतन्त्र झनै निराशाजनक : आईएमएफ

अहिलेका संकेतले भविष्यलाई राम्रो संकेत नगरेकाले सचेत हुन जी ट्वान्टी राष्ट्रलाई कोषले सचेत गराएको छ। विश्वव्यापी आर्थिक संकटसँग जुध्नका लागि तयारी गर्न कोषले सुझाव पनि दिएको छ। 

images
images

काठमाडौं- अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको अवस्था झनै निराशाजनक भएको प्रक्षेपण गरेको छ। गत महिनाको प्रक्षेपणमा नै औरालो लागेको अर्थतन्त्र अझै खराब हुने आईएमएफले उल्लेख गरेको छ। 

images
images
images

उच्च मूल्यवृद्धिलाई नियन्त्रणका लागि भनेर संसारभर ल्याइएको कडा मौद्रिक नीति, चीनको धिमा आर्थिक वृद्धि र युक्रेनमा रसियन आक्रमणका कारणले गर्दा अवरुद्ध भएको आपूर्ति श्रृखलाका कारणले गर्दा अर्थतन्त्रको भविष्य अझै अध्यारो भइरहेको कोषको ठहर छ। 

images
images

गत महिना कोषले आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण गरेको थियो। त्यसपछिको सर्वेक्षणबाट खुम्चिने गति अझै तीव्र हुने कोषले उल्लेख गरेको छ। 

images
images

जी ट्वान्टी सम्मेलनका लागि ठूला अर्थतन्त्रका सरकार/राष्ट्र प्रमुख तयारी भएको बेला कोषले सचेत गराएको हो। विशेषगरी युरो क्षेत्रको अवस्था अझै खराब हुनसक्ने कोषले चेतावनी दिएको छ। जी ट्वान्टी मुलुकको उत्पादन तथा सेवाको उत्पादकत्व घटेको छ र त्यस्ता मुलुकको अर्थतन्त्र संकुचित मात्र होइन उच्च मूल्यवृद्धिले दबाब दिइरहेको छ। 

अहिलेका संकेतले भविष्यलाई राम्रो संकेत नगरेकाले सचेत हुन जी ट्वान्टी राष्ट्रलाई कोषले सचेत गराएको छ। विश्वव्यापी आर्थिक संकटसँग जुध्नका लागि तयारी गर्न कोषले सुझाव पनि दिएको छ। 

 

 

 


प्रकाशित : सोमबार, कात्तिक २८ २०७९०४:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend