बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

‘बाटो बनाउनेलाई भोट’

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक २७ २०७९
images
‘बाटो बनाउनेलाई भोट’
फाइल तस्बिर

बर्दिबासको खयरमारादेखि डाँडापारी रहेको यस क्षेत्रमा बर्दिबासबाट बसमा डेढ एक घण्टा तथा पैदल पाँच घण्टामा पुगिन्छ। यहाँका मतदातालाई बिहानबेलुका छाक टार्न धौधौ छ।

images
images

महोत्तरी- महोत्तरीको निर्वाचन क्षेत्र नं १ मा पर्ने बर्दिबास नगरपालिका-११ छोडके गाउँका मतदाता गाउँमा बाटो बनाउने उम्मेदवारलाई भोट दिने बताउँछन्। जिल्लाकै दुर्गम उक्त क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेल तीन पटक विजयी भए। उनी पटक पटक मन्त्री समेत भए। 

images
images
images

छोडके गाउँमा अहिलेसम्म सडक पनि बनेको छैन। उनीहरू आधारभूत सेबाबाट समेत वञ्चित हुँदै आएका छन्। उक्त गाउँमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली बत्तीलगायत सुविधाको अभाव छ। स्थानीय मतदाता डम्बर लामा निर्वाचनमा विजयी उम्मेदवारले यहाँको विकासमा ध्यान दिन नसकेको गुनासो गर्छन्। 

images
images

बर्दिबासको खयरमारादेखि डाँडापारी रहेको यस क्षेत्रमा बर्दिबासबाट बसमा डेढ एक घण्टा तथा पैदल पाँच घण्टामा पुगिन्छ। यहाँका मतदातालाई बिहानबेलुका छाक टार्न धौधौ छ। 'मिठो खाने र राम्रो लगाउने त सपना मात्रै हो', स्थानीय सोमबहादुर स्याङतान भन्छन्।  

images
images

बाँके नदीको शीरमा रहेको यस बस्तीमा पुग्न खोलैखोला तर्नुपर्ने बाध्यता छ। वैकल्पिक मार्गसमेत छैनन्। यहाँका नागरिक शिक्षा, स्वास्थ्य र रोजगारीका लागि अन्य जानु पर्छ। यहाँ तीन सय परिवारका आठ सय ६४ मतदाता छन्। प्रत्येक निर्वाचनमा सडक, स्वास्थ्यचौकी, अस्पताल, खानेपानीलगायत का सुविधा उपल्बध गराउने आश्वासन दिन्छन्। तर चुनाव जितेपछि भने उम्मेदवार बस्तीमा नआएको यहाँका मतदाताको गुनासो छ। 

बस्तीमा कोही बिरामी परे पैदल पाँच घण्टा खोलाको बाटो हुँदै स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता वर्षौँदेखि यथावत् छ। यो क्षेत्रबाट विगत १५ वर्षदेखि पोखरेल चुनाव जित्दै आएका छन्। रासस  


प्रकाशित : आइतबार, कात्तिक २७ २०७९०८:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend