शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

३६ कम्पनीको १५ अर्ब बराबरको आईपीओ पाइपलाइनमा, २६ कम्पनी जलविद्युत् क्षेत्रका

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, कात्तिक २६ २०७९
images
३६ कम्पनीको १५ अर्ब बराबरको आईपीओ पाइपलाइनमा, २६ कम्पनी जलविद्युत् क्षेत्रका
images
images

काठमाडौ‌ं- सेयरबजार उतारचढावपूर्ण अवस्थामा छ। बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि उस्तै छ। निर्वाचनको माहोल चरम विन्दुमा पुगेको छ भने धितोपत्र बजार क्रमशः विस्तार हुने क्रममा छ। 

images
images
images

सरकारको सहजीकरण एवं नयाँ कानूनी प्रावधानका कारण साधारण सेयर (आईपीओ) बिक्री गर्न चाहने कम्पनीको सङ्ख्यामा वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको सङ्ख्या मात्रै हेर्ने हो भने साधारण सेयर बिक्री गर्न चाहने ३६ वटा कम्पनी छन्। ती कम्पनीले बिक्री गर्ने सेयरको परिमाण मात्रै १५ अर्ब ९ करोड ७ लाख १८ हजार रुपैयाँ बराबरको छ।

images
images

साधारण सेयर बिक्री गर्न लागेका कम्पनीमध्ये २६ वटा कम्पनी जलविद्युत् क्षेत्रका छन्। नेपाल स्टक एक्सचेञ्जमा जलविद्युत् क्षेत्रका कम्पनीको सङ्ख्या झण्डै चार दर्जन बराबर पुगेको छ। पछिल्ला दिनमा लगातार जलविद्युत् क्षेत्रमा लगानी विस्तार भएको सन्दर्भमा साधारण सेयर बिक्री गर्न चाहने कम्पनीको सङ्ख्यामा वृद्धि हुनु पनि स्वभाविक नै छ।

images
images

मोदी इनर्जी, मेछ्याङ हाइड्रोपावर, अप्पर लोहारे हाइड्रोपावर, माईखोला हाइड्रोपावर, चिर्खुवा हाइड्रो, भूगोल इनर्जी, अप्पर स्याङ्गे, रेवा इनर्जी, सगरमाथा इनर्जीलगायतका जलविद्युत् कम्पनीले साधारण सेयर बिक्री गर्ने तयारी गरेका हुन्।

यस्तै रिलायवल लाइफ इन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी, सर्वोत्तम सिमेन्ट, सोनापुर मिरल्स, नेपाल रिपब्लिक मिडिया, डिस मिडिया नेटवर्क, हाथवे इन्भेष्टमेन्ट, टे«ड टावर, सिटी होटल, घोराही सिमेन्टले पनि साधारण सेयर बिक्रीको तयारी गरेका छन्।

बोर्डका अनुसार बिपीडब्ल्यु लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था पनि साधारण सेयर बिक्रीको प्रतिक्षामा छन्। चालु आवको हालसम्म मात्रै बोर्डले विभिन्न पाँच कम्पनीको एक अर्ब चार करोड ६५ लाख ७५ हजार बराबरको सेयर बिक्रीको अनुमति पाइसकेको छ। तीमध्ये केही कम्पनीले साधारण सेयर बिक्री गरिसकेका छन्।

पछिल्लोपटक मात्रै पिपल्स हाइड्रोपावर कम्पनीको साधारण सेयर बिक्री सुरु गरेको छ। कम्पनीले सर्वसाधारण, स्थानीयवासीका लागि तीन अर्ब २० करोड बराबरको साधारण सेयर बिक्री गर्ने गरी बोर्डबाट अनुमति पाएको हो। रासस


प्रकाशित : शनिबार, कात्तिक २६ २०७९१०:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend