शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

‘व्यावसायिक’ छविलाई ‘राजनीतिक’ बनाउने होडमा लागेका उमेशलाई चितवनमा रविको चुनौती

शनिबार, कात्तिक २६ २०७९
‘व्यावसायिक’ छविलाई ‘राजनीतिक’ बनाउने होडमा लागेका उमेशलाई चितवनमा रविको चुनौती

श्रेष्ठले व्यावसायिक सम्बन्धहरू देखाएर आफूलाई चितवनकै मानिसको रुपमा परिचय दिदैँ छन्। लगातार चुनाव जित्दै आएका एमालेबाट कृष्णभक्त पोखरेल पनि चुनावी मैदानमा छन्। एमाले र कांग्रेसका उम्मेदवारलाई नयाँ पार्टी खोलेर राजनीतिमा आएका रवि लामिछानेले टक्कर दिएका छन्। 

चितवन- ‘व्यावसायिक’ छविलाई चितवनबाट प्रत्यक्ष चुनाव लडेर ‘राजनीतिक’ बनाउने प्रयासमा लागेका राज्यमन्त्री उमेश श्रेष्ठ चुनावी अभियानको दौडधुपमा छन्।

राज्यमन्त्री श्रेष्ठ यतिबेला चितवन-२ मा कांग्रेसको झण्डा बोकेर घरदैलो गरिरहेका छन्। २०७० को दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट समानुपातिकतर्फ छानिएका थिए। यसपटक चितवन-२ मा प्रत्यक्षतर्फ उम्मेदवार छन्। 

इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडाहरू पर्ने यो क्षेत्रमा हुने त्रिपक्षीय भिडन्त हुने निश्चित छ। श्रेष्ठले व्यावसायिक सम्बन्धहरू देखाएर आफूलाई चितवनकै मानिसको रुपमा परिचय दिदैँ छन्। लगातार चुनाव जित्दै आएका एमालेबाट कृष्णभक्त पोखरेल पनि चुनावी मैदानमा छन्। एमाले र कांग्रेसका उम्मेदवारलाई नयाँ पार्टी खोलेर राजनीतिमा आएका रवि लामिछानेले टक्कर दिएका छन्। 

umesh 1112.jpeg

२०७० र २०७४ मा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएर एमालेका पोखरेलले बनाएका टेलिभिजनमार्फत लोकप्रिय भएका लामिछानेको आक्रामक चुनावी प्रचारका कारण श्रेष्ठका लागि असन्तुष्ट रहेका कांग्रेसलाई मनाउनु झनै ठूलो चुनौती रहेको छ। व्यवसायिक क्षेत्रमा सफलता हात पारेका श्रेष्ठ जनताको सेवक बन्न राजनीतिमा आएको बताउँछन्। ‘राजनीतिनै मूल नीति हो, जनताको विकासको आकांक्षा पूरा गर्न प्रत्यक्षबाटै चुनाव लड्ने गरी चितवन आएको हुँ,’ श्रेष्ठले भने। चितवनको विकास र जनताको सेवा आफ्नो प्राथमिकतामा रहने श्रेष्ठले बताए। 

लिटिल एन्जल्स एजुकेसन ग्रुपका लगानीकर्ता रहेका श्रेष्ठ संसदको शिक्षा तथा स्वास्थ्य समितिका निवर्तमान सदस्य समेत हुन्। श्रेष्ठ उच्च माध्यमिक विद्यालय एशोसिएसन हिसान र प्याब्सनका पूर्वअध्यक्ष समेत हुन्।

श्रेष्ठले बैंक र जलविद्युत् आयोजनाहरूमा पनि लगानी छ। चितवनसहित धुलिखेल, तनहुँ र पोखरामा खुलेका होटलहरूमा पनि श्रेष्ठको लगानी छ। शिक्षण संस्था, घरजग्गा, कृषि फार्मदेखि अस्पतालसम्म लगानी गरेका श्रेष्ठ राजनीतिलाई पेसाभन्दा पनि सेवाको थलो बनाउने बताउँछन्। 

umesh 12.jpeg

गठबन्धनको मतमा श्रेष्ठलाई रविको चुनौती

स्थानीय तह निर्वाचनमा वडाअध्यक्षहरूले पाएको मतका आधारमा चितवन-२ मा सत्ता गठबन्धनसँग ३५ हजार ४७४ मत छ। तर, एमाले एक्लैको ३५ हजार ५४३ मत छ। तर मतको परिणाम एकातिर भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवी लामिछानेले दुवैलाई चुनौती दिएका छन्। 

स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतलाई आधार मान्ने हो भने नेकपा एमालेको ३५ हजार ३ सय ४३ मत छ। नेपाली कांग्रेसको २४ हजार ५ सय ३१, नेकपा माओवादी केन्द्रको ७ हजार ३ सय ८७ र नेकपा एकीकृत समाजवादीको ३ हजार ५ सय ६९ छ।

त्यस्तै २०७४ को निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेले २९ हजार ४ सय ७६, नेपाली कांग्रेसले २४ हजार २ सय १७ र नेकपा माओवादी केन्द्रले ११ हजार ७ सय ८५ मत ल्याएका थिए। 

समीकरण हेरेर मात्रै चितवन-२ को नतिजाबारे अनुमान लगाउन गाह्रो छ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने पोखरेल र श्रेष्ठ दुवैको मत काट्दै हराउने रणनीतिमा छन्। गठबन्धनको मत धेरै भएकोले श्रेष्ठ गठबन्धनको मत जोगाउने अभियानमा छन्। 


प्रकाशित : शनिबार, कात्तिक २६ २०७९०१:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend