बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

काठमाडौं महानगरले लगायो खुलारूपमा आगो बाल्ने र फोहर जलाउने काममा प्रतिबन्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २५ २०७९
images
काठमाडौं महानगरले लगायो खुलारूपमा आगो बाल्ने र फोहर जलाउने काममा प्रतिबन्ध

लामो समयदेखि महानगर क्षेत्रमा आगो बाल्ने तथा फोहर जलाउने गरेको देखिएकाले यस्ता काममा रोक लगाइएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले खुलारूपमा आगो बाल्ने तथा फोहर जलाउने काममा प्रतिबन्ध लगाएको छ।

images
images
images

खुलारूपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यसमेतमा प्रतिकूल असर गर्ने भएकाले यस्ता कामलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाले शुक्रबार जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ। यस्ता कामले देशको राजधानीसमेत रहेको सहर प्रदूषित बनेको गुनासो आएकाले यस्तो काममा प्रतिबन्ध लगाइएको हो।

images
images

लामो समयदेखि महानगर क्षेत्रमा आगो बाल्ने तथा फोहर जलाउने गरेको देखिएकाले यस्ता काममा रोक लगाइएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

images
images

महानगरपालिका वरपरका नगरपालिकामा पनि खुलारूपमा आगो बाल्ने र फोहर जलाउने गरिएको छ। प्रतिबन्धका बावजुद यस्ता काम कहीँकतै कसैले गरेमा महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही हुने जारी सूचनामा उल्लेख गरिएको छ।


प्रकाशित : शुक्रबार, कात्तिक २५ २०७९१२:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend