बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

पाँच दिनदेखि जुम्लामा सञ्चार सेवा अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २५ २०७९
images
पाँच दिनदेखि जुम्लामा सञ्चार सेवा अवरुद्ध

चुनाव नजिकिँदै गर्दा जुम्लामा एक सातादेखि सञ्चार सेवा अस्तव्यस्त भएको छ। इन्टरनेट सेवा र भ्वाइसकल पूर्णरुपमा अवरुद्ध भएको छ भने नेटवर्क आउने र जाने समस्याले उपभोक्तालाई सास्ती भएको छ।

images
images

जुम्ला- पाँच दिनदेखि जुम्लाको सञ्चार सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासीदेखि सरकारी तथा गैरसरकारी कार्यालयलाई सास्ती भएको छ।

images
images
images

जुम्लाको सञ्चार सेवालाई थप सुधारका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीमार्फत दुरसञ्चारको केन्द्रीय कार्यालयमा ध्यानाकर्षण गराएको छ।
 
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु सञ्चार जगत्को मत्वपूर्ण भूमिका छ। 

images
images

संघ र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा जुम्लामा एक सातादेखि सञ्चार सेवा अस्तव्यस्त भएको छ। इन्टरनेट सेवा र भ्वाइसकल पूर्णरुपमा अवरुद्ध भएको छ भने नेटवर्क आउने र जाने समस्याले उपभोक्तालाई सास्ती भएको छ। भ्वाइसकल र इन्टरनेट सेवा अवरुद्ध हुँदा चुनावी गतिविधि प्रकाशनलगायतका काम प्रभावित भएका छन्। भ्वाइसकलमा कुरा नबुझिने, फोन नलाग्ने, नाम मात्रको फोर जी देखिने टु जी बजारको काम नगर्ने समस्याले उपभोक्ता मारमा परेका हुन्।  

images
images

असोज अन्तिम साताको विपद्ले प्रभावित भएको टेलिफोन तथा इन्टरनेट सेवा मर्मतपछि सञ्चालनमा आए पनि पटकपटक अवरुद्ध हुँदा नागरिकले सास्ती पाएको जनगुनासो बढेको छ। 

सञ्चार सेवा अस्तव्यस्त भएको गुनासोपछि नेपाल पत्रकार महासंघले बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम शाखा जुम्ला र निर्वाचन आयोगलाई विज्ञप्ति बुझाउँदै सञ्चार सेवा सुधारका लागि ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा भनिएको छ, 'जिल्लामा फोर जी सेवा सञ्चालन भए पनि टु जी जस्तो सेवा छ। टेलिफोन र इन्टरनेट सेवा पटकपटक अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कामकाज, निर्वाचन तयारीको काम र सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका छन्। उपभोक्ता मारमा परेको गुनासो बढेको छ। समस्या पहिचान गरी यथाशक्य समाधान गरी सेवा प्रवाह गर्न ध्यानाकर्षण गर्दछौँ।'  

प्रमुख जिल्ला अधिकारी केसरीले जुम्लाको सञ्चार सेवा दयनीय भएकाले सुधारका लागि पहल भइरहेको बताए। क्षमता कम र प्रयोगकर्ता बढी हुँदा समस्या आएकाले चिमारा र माइथाप्लामा क्षमता वृद्धिका लागि काम भइरहेको उनले बताए।

पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले चुनाव नजिकिँदै गर्दा जुम्लामा सञ्चार सेवा अवरुद्ध हुँदा सबै गतिविधि प्रभावित भएको जानकारी दिए। सार्वजनिक चासोका विषयलाई उजागर गर्न महासंघले ध्यानाकर्षण गराएका छौँ। चाँडै सुधार नभए अन्य दबावका कार्यक्रम अघि बढाउने अध्यक्ष उनले बताए। नेपाल टेलिकम कार्यालयका प्रमुख रामचन्द्र श्रेष्ठले चिमरा टावरको आइडियु र ओडियु प्रणालीमा समस्या आएको बताए। नयाँ मेसिन जडानको काम भइरहेको टेलिकमले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक २५ २०७९०९:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend