बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

कार्बन उत्सर्जन न्यूनीकरणमा लगानी गर्न नयाँ कोष बनाउने विश्व बैंकको घोषणा

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक २३ २०७९
images
कार्बन उत्सर्जन न्यूनीकरणमा लगानी गर्न नयाँ कोष बनाउने विश्व बैंकको घोषणा

यो कोषबाट विश्वमा जलवायु लगानीको नयाँ ढोका खुलेको विश्व बैंका अध्यक्ष मल्पासले बताएका छन्। 

images
images

काठमाडौं- कार्बन उत्सर्जन न्यूनीकरणमा लगानी गर्ने उद्देश्यसहित विश्व बैंकले बहुपक्षीय कोष घोषणा गरेको छ। 

images
images
images

इजिप्टमा जारी कोप२७ मा विश्व बैंकका अध्यक्ष डेभिड मल्पसले  स्केल नामको कोष घोषणा गरेका हुन्। 

images
images

दाता तथा लक्षित राष्ट्रहरूको सहभागितामा यस्तो कोष स्थापना हुने छ। गरिब तथा विकासोन्मुख मुलुकमा कार्वन उत्सर्जन न्यूनीकरणका लागि लगानी(अनुदान) का लागि कोष स्थापना भएको छ। 

images
images

यो कोषबाट पुष्टि हुने उत्सर्जन घटाउने परियोजना तथा कार्यक्रममा लगानी हुने छ। 

यो कोषबाट विश्वमा जलवायु लगानीको नयाँ ढोका खुलेको विश्व बैंका अध्यक्ष मल्पासले बताएका छन्। 

'स्केलले कार्वन क्रेडिट बजारलाई परिपक्क बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने छ' उनले भनेका छन्। 

जलवायुका क्षेत्रमा पछिल्लो दुई दशकको लगानी अनुभव भएको विश्व बैंकले यो कोषबाट परिणामयोग्य लगानीमा काम गर्ने घोषणा गरेको छ। 

 


प्रकाशित : बुधबार, कात्तिक २३ २०७९०५:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend