शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

साझा र सीएचटीसीबीच ४० बस आपूर्ति गर्ने सम्झौता, यी हुन् विद्युतीय बसको विशेषता र रेन्ज

शुक्रबार, असोज २२ २०७८
साझा र सीएचटीसीबीच ४० बस आपूर्ति गर्ने सम्झौता, यी हुन् विद्युतीय बसको विशेषता र रेन्ज

शुक्रबार सीएचटीसी र साझा यातायातबीच सम्झौतामा हस्ताक्षर भएको हो। 

काठमाडौं- साझा यातायात प्रालि र सीएचटीसबीच ४० वटा विद्युतीय बस र २० वटा चार्जिङ स्टेसन आपूर्ति गर्ने सम्झौता भएको छ। शुक्रबार सीएचटीसी र साझा यातायातबीच सम्झौतामा हस्ताक्षर भएको हो। 

साझाले २०७७ चैत १३ मा ४० विद्युतीय बस खरिदका लागि गरेको टेण्डरमा ९ वटा कम्पनीको आवेदन गरेको थियो। त्यसमध्ये साझाले चिनियाँ कम्पनी सीएचटीसीलाई प्रविधिक रुपमा उपयुक्त रहेकाले छनोट गरेको थियो। 

साझालाई सीएचटीसीले दिने विद्युतीय बस ८.५ मिटर लामो हुनेछ। सो बस २६ सिट क्षमताको छ। अपांगतामैत्री ती बसले सहरी क्षेत्रमा ४२ जनासम्म यात्रु बोक्ने क्षमता राख्छ। 

सीएचटीसीले साझालाई दिने विद्युतीय बस एकपटकको फुल चार्जमा २ सय किलोमिटर कुद्ने छ। बसमा दुईटा न्युमेटिक ढोका, डिजिटल ड्यासबोर्ड लगायत विशेषता हुनेछन्।  

पहिलो चरणमा ४० वटा विद्युतीय बस किन्ने निश्चित भइसकेको छ। करिब २ वर्ष रुमल्लिएको साझाको विद्युतीय बस किन्ने निर्णय निष्कर्षमा पुगेको छ।

दीगो ग्रुपले सीएचटीसीसँग समन्वय गरिरहेको छ। यो ग्रुपले नेपाली बजारमा दीगो, दाहे र डीएफएसके ब्रान्डका विद्युतीय कार तथा माइक्रो र ठूला बस बिक्री गर्दै आएको छ। कम्पनीले वातावरणमैत्री सवारीलाई प्राथमिकता दिने नीति लिएको छ। 

साझा यातायातलाई सरकारले विद्युतीय बस किन्न ३ अर्ब रुपैयाँ दिएको थियो। साझा यातायातले पहिलो पटक काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने भएको हो। 

सीएचटीसीले सम्झौता भएको ४ महिनामा ३ वटा र बाँकी ३७ वटा बस अर्को ४ महिनापछि उपलब्ध गराउने छ। कम्पनीले बस आपूर्तिमात्र नभइ ५ वर्षसम्म मर्मतसमेत गर्ने छ। 


प्रकाशित : शुक्रबार, असोज २२ २०७८१०:४६
  • सम्बन्धित विषय:

  • # साझा यातायात
  • # सीएचटीसी
  • # दीगाे


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend