बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

साढे ३४ करोड लगानीमा पोखरामा एभिएसन कलेज सञ्चालन हुँदै, वार्षिक १ हजार उड्डयन जनशक्ति उत्पादन गर्ने

मंगलबार, कात्तिक २२ २०७९
साढे ३४ करोड लगानीमा पोखरामा एभिएसन कलेज सञ्चालन हुँदै, वार्षिक १ हजार उड्डयन जनशक्ति उत्पादन गर्ने

काठमाडौं- वार्षिक १ हजारजना उड्डयन क्षेत्रको जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित पोखरामा 'क्यानेडियन एभिएसन कलेज नेपाल' सञ्चालन हुने भएको छ। कास्कीको पोखरामा सञ्चालन गर्ने प्रतिबद्धतासहित कलेज उद्योग विभागमा दर्ता भएको छ।

एभिएसन कलेजमा ६२ प्रतिशत लगानी नेपालीको रहने छ भने ३८ प्रतिशत विदेशी लगानी रहने दर्ता विवरणमा उल्लेख छ।

कलेजमा डिल्लीराज सुवेदी, अनिल पिया र राकेश सञ्जेल नेपाली लगानीकर्ता रहेका छन्। कलेजमा कुल ३४ करोड ५० लाख रुपैयाँको लगानी प्रतिबद्धता गरिएको छ।

कलेजले वार्षिक फिक्स विइङतर्फका ५० जना र रोटरी विइङतर्फ १५ जना पाइलट उत्पादन गर्ने लक्ष्य लिएका छ।

साथै कलेजले जहाजमर्मत इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलर, फ्लाइट डिस्पाचर, क्याविन कर्मचारी, फायर फाइटर, ग्राउन्ड ह्यान्डलिङ लगायतका गरेर वार्षिक ७ सय ५० जना जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ। कलेजमा ६५ जनाले रोजगारी पाउनेसमेत उल्लेख छ।


प्रकाशित : मंगलबार, कात्तिक २२ २०७९०९:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend