शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

९ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति?

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २१ २०७९
images
९ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति?
images
images

काठमाडौं- नौ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन्। बैंकहरूले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन्।

images
images
images

सोमबार बिहानसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसीसी, बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांशको प्रस्ताव गरेका हुन्।

images
images

नौ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश बैंक अफ काठमाण्डूको छ। बैंकले सेयरधनीलाई कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। त्यसैगरी सबैभन्दा कम सिटिजन्स बैंकले नौ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।

images
images

बैंकहरूको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन्। 

कुन बैंकको कति?

गत आवको नाफाबाट एभरेष्ट बैंक लिमिटेडले सेयरधनीलाई २० दशमलव ६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र सात दशमलव ६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ दशमलव ५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने ग्लोबल आइएमई बैंकले तीन प्रतिशत बोनस सेयर र १० दशमलव छ प्रतिशत नगद सेयर गरी कुल १३ दशमलव छ प्रतिशत प्रस्ताव गरेको छ।

यस्तैगरी, सानिमा बैंकले १० प्रतिशत बोनस र शुन्य दशमलव ९८ प्रतिशत नगद सेयर गरी सेयरधनीलाई १० दशमलव ९८ प्रतिशत, एनसीसी बैंकले तीन दशमलव ३६ प्रतिशत बोनस र सात दशमलव ६३ प्रतिशत नगद गरी ११ प्रतिशत र बैंक अफ काठमाण्डूले छ प्रतिशत बोनस सेयर र १४ दशमलव ९५ प्रतिशत नगद सेयर गरी कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन्।

कुमारी बैंकले १२ दशमलव ५ प्रतिशत, सिटिजन्स इन्टरनेसनल बैंकले नौ प्रतिशत र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लाभांश घोषणा गरेका नौ वाणिज्य बैंकमध्ये एनसीसी, कुमारी र सिटिजन्स बैंकको बुक क्लोज भइसकेको छ। रासस


प्रकाशित : सोमबार, कात्तिक २१ २०७९०९:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend