बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

आइएमईद्वारा एक सयभन्दा बढी राफ्टका विद्युतीय स्कुटर बिक्री गरेको दाबी

images
सोमबार, कात्तिक २१ २०७९
images
आइएमईद्वारा एक सयभन्दा बढी राफ्टका विद्युतीय स्कुटर बिक्री गरेको दाबी

कि-लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट-अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्रीलगायत विशेषता राफ्ट स्कुटरमा उपलब्ध छन्। 

images
images

काठमाडौं- आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी राफ्टका विद्युतीय स्कुटर बिक्री गरेको दाबी गरेको छ। 

images
images
images

राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडलका विद्युतीय स्कुटरहरू छन् जसले एकपटकको फुल चार्जमा ३ सय २० किलोमिटरसम्म रेन्ज दिन्छ। उचित मूल्य, धेरै रेन्ज दायरा, विश्वसनीयता र आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमा नेपालमा अत्यन्त लोकप्रिय भएको छ।

images
images

राफ्ट विद्युतीय स्कुटर चलाउन प्रति किलोमिटर ३० पैसाभन्दा कम खर्च हुने, तीन वर्ष भित्र उपभोक्ताले करिब २ लाख ५० हजार बचत गरि व्यावहारिक रूपमा स्कुटरको लगभग पूरा लागत फिर्ता हुने सम्भावना रहने दाबी कम्पनीको छ।  

images
images

फायरपु्रफ ब्याट्री, रिभर्स गियर, हाइट एडजसटेबल सक अब्सोर्बर, मल्टी मोड्स अफ ड्राईभिङ, द्रुत चार्जको लागि १० एम्प चार्जर, राम्रो सुरक्षाको लागि बाक्लो बडी, कि-लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट-अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्रीलगायत विशेषता राफ्ट स्कुटरमा उपलब्ध छन्। 

आइएमई इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकका अनुसार मूल्य र किलोमिटर दायराको सन्दर्भमा उत्कृष्ट संयोजन भएको राफ्ट स्कुटरको मूल्य १ लाख ९९ हजार हो। नेपाली बजारमा सबैभन्दा किफायती विद्युतीय स्कुटरहरू मध्ये एक हो राफ्ट। एकपटकको चार्जमा ३ सय २० किलोमिटर माइलेज दिने राफ्टका स्कुटर नेपालको सबैभन्दा उच्च किलोमिटर माइलेज दिनेमा पर्छ।  

बिक्री, सेवा र स्पेयर पार्ट्सका साथ आइएमई इलेक्ट्रिकले सक्रिय रूपमा आफ्नो नेटवर्क विस्तार गर्दै आएको छ। यसका अहिले नेपालमा १० भन्दाबढी डिलर छन्।

आइएमई अटोमोबाइल कम्पनीको विद्युतीय सवारी डिभिजन, आइएमई इलेक्ट्रिकले नेपालमा राफ्ट विद्युतीय दुईपांग्रे सवारीसाधन बिक्री गर्न थालेको हो। निकट भविष्यमा चारपांग्रे यात्रुवाहक कार र व्यावसायिक सवारी साधनहरूमा विस्तार गर्ने महत्वाकांक्षी योजनाहरू रहेको छ।

राफ्ट मोटर्स भारतका शीर्ष १० विद्युतीय दुईपांग्रे सवारी उत्पादकहरू मध्ये एक हो र यसले राम्रो विश्वसनीयता र उत्कृष्ट सम्भावित सुविधाहरू सहित गुणस्तरीय सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ।


प्रकाशित : सोमबार, कात्तिक २१ २०७९०७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend