शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

प्यारोडी ट्विटर खाता बन्द हुने 

सोमबार, कात्तिक २१ २०७९
प्यारोडी ट्विटर खाता बन्द हुने 

ट्विटरका मालिक एलन मस्कले ट्विट गर्दै यस्ता प्रयोगकर्ताका खाता सिधै बन्द गरिने घोषणा गरेका छन्। 

काठमाडौं- ट्विटरमा रहेका प्यारोडी प्रयोगकर्ताको ह्यान्डल बन्द हुने भएका छन्। ट्विटरका मालिक एलन मस्कले ट्विट गर्दै यस्ता प्रयोगकर्ताका खाता सिधै बन्द गरिने घोषणा गरेका छन्। मस्कले प्यारोडी उल्लेख नगरी चलाएका ह्यान्डल बन्द गरिदिने उनले घोषणा गरेका छन्। 

कुनै पनि चेतावनी नदिइ सिधै त्यस्ता अकाउन्ट बन्द गरिदिने उनले जानकारी गराएका छन्। यसअघि ट्विटरले एकपटक चेतावनी दिएर मात्र त्यस्ता अकाउन्टमाथि कारबाही गर्ने गरेको भएपनि अबदेखि त्यस्तो नहुने उनले प्रष्ट पारेका छन्। 

चर्चित व्यक्तिका नाममा नक्कली ह्यान्डल बनाएर ट्विटरमा सक्रिय रहेका छन्। संसारका मुख्य राजनीतिज्ञदेखि व्यापारीसम्मका यस्ता अकाउन्ट ट्विटरमा सक्रिय छन्। कतिपय यस्ता अकाउन्ट भेरिफाइ समेत छन्। 


प्रकाशित : सोमबार, कात्तिक २१ २०७९०४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend