बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

कार्बन उत्सर्जन घटाउन धनी देशले न्यून आय भएका मुलुकलाई सहयोग गर्नुपर्छ : विश्व बैंक 

images
आइतबार, कात्तिक २० २०७९
images
कार्बन उत्सर्जन घटाउन धनी देशले न्यून आय भएका मुलुकलाई सहयोग गर्नुपर्छ : विश्व बैंक 

यसरी लगानी गरेपछि मात्र सन् २०५० सम्म ७० प्रतिशत कार्वन उत्सर्जन घटाउने लक्ष्य पूरा हुने विश्व बैंकले अनुमान गरेको छ। 

images
images

काठमाडौं- जलवायु परिवर्तनका कारणले न्यून तथा मध्यम आय भएका मुलुममा पर्ने खराब प्रभाव न्यूनीकरणका लागि धनी तथा उच्च आय भएका मुलुकले सहायता गर्नुपर्ने विश्व बैंकको पछिल्लो अध्ययनले सिफारिस गरेको छ। 

images
images
images

विश्व बैंकले हालै गरेको २० वटा देशको क्लाइमेट एण्ड डेभलपमेन्ट : एजेन्डा फर एक्सन अध्ययन प्रतिवेदनले पहिलो कुरा त उच्च आय भएका मुलुकले तीव्र कार्बन उत्सर्जन घटाउनुपर्ने र त्यसपछि गरिब मुलुकलाई सहयोग पनि गर्नुपर्ने औल्याएको छ। 

images
images

न्यून तथा मध्यम आय भएका मुलुकमा जलवायु अनुकूलन तथा न्यूनीकरणका लागि  संस्थागत क्षमतामा वृद्धि, पूर्वाधारमा लगानी बढाउनुपर्ने अत्यन्त आवश्यक रहेको छ। नीतिगत रुपान्तरणका लागि धनाढ्य मुलुकले अनुदान उपलब्ध गराउनुपर्ने सिफारिस प्रतिवेदनले गरेको छ। 

images
images

कूल कार्वजन उत्सर्जनमा ३४ प्रतिशत भूमिका खेल्ने २० मुलुकको छुटाछुटै अध्ययन गरेको विश्व बैंकले सन् २०५० सम्म ७० प्रतिशतले उत्सर्जन घटाउनका लागि वर्षेनी कूल गार्हस्थ उत्पादनको १.४ प्रतिशत लगानी गर्नुपर्ने देखिएको छ। 

जलवायु परिवर्तनको जोखिम हेरि देश अनुसार वार्षिक लगानी फरक हुने प्रक्षेपन गरिएको छ। कतिपय देशमा ८ प्रतिशतसम्मको लगानी आवश्यक देखिन्छ। यसरी लगानी गरेपछि मात्र सन् २०५० सम्म ७० प्रतिशत कार्बन उत्सर्जन घटाउने लक्ष्य पूरा हुने विश्व बैंकले अनुमान गरेको छ। 

एक आपसमा सहकार्य तथा वैश्विक साझेदारी नहुँदासम्म  कुनै पनि लक्ष्य पूरा नहुने उल्टो यसको असर अर्थतन्त्र तथा जनजिविकामा पर्ने छ। जलवायु परिवर्तनकै कारण हुने घटनाले गर्दा गरिबीको दर बढ्ने र लाखौं मान्छे गरिब हुनसक्ने छन्। 

 


प्रकाशित : आइतबार, कात्तिक २० २०७९१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend